०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

जन्मत्सोवमा स्टेशनरी सामान वितरण

Logo

विराटनगर, कार्तिक १९
निरज बस्नेत
विराटनगरका चिरपरिचित समाजसेवी चाँद बाबु ईराकीको जन्मोत्सवको विशेष अवसरमा शनिवार स्टेशनरी सामान वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स तथा लियो क्लवको आयोजनामा विराटनगरको कृष्ण होटलमा कार्यक्रम भएको हो । विगत देखी नै आफ्नो जन्म दिनको मौकामा ईराकीले असहाय, पीडितहरुकै लागि भनेर केही न केही पवित्र काम गर्दे आईरहेका थिएँ । यही मेसोमा शनिवार, ४० जना स–सना नानीहरुको लागि भनेर स्टेशनरी सामान वितरण गरेका छन् ।

कादरीया इस्लामिया आधारभूत विधालय विराटनगर–५ का २० जना केटाकेटी संलग्न भएका थिएँ । यसमा ९ जना बालिका र ११ जना बालक रहेका छन् । अन्य २० जना गरेर ४० जना हुन् । स्टेशनरी सामानका अलावा, मिठाई समेत दिईएको थियो । कार्यक्रममा कादरिया विधालयका प्रिन्सिपल मो. तौकिर रजाको पनि उपस्थिती रहेको थियो ।

त्यस्तैगरी ४४ बर्षिया विराटनगरका अपाङ शिक्षक राजु क्षेत्रीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यिनी १६ बर्षको उमेरमा हुदाँ साईकलबाट लडी स्पाईनलको शिकार भई अपाङ हुन पुगेका थिएँ । अहिले यिनी विराटनगर–१६ मा रहेको मुसर वस्तीमा अध्यापन गराउँछन् ।

कार्यक्रममा ईराकीको सम्मानमा वर्थडे केक समेत काटिएँको थियो । उपस्थित सम्पूर्णलाई समाजसेवी ईराकीले केक खुवाएका थिएँ । लायन्स–लियो क्लवमा आवद्द धेरैको सहभागिता रहेको थियो । क्लवले जन्मोत्सवको मौकामा ईराकीलाई मायाको चिनो प्रदान गरेको थियो । देश – विदेशका धेरै चर्चित पुरस्कारहरुबाट ईराकी सम्मानित भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]