१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

जन्मत्सोवमा स्टेशनरी सामान वितरण

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

विराटनगर, कार्तिक १९
निरज बस्नेत
विराटनगरका चिरपरिचित समाजसेवी चाँद बाबु ईराकीको जन्मोत्सवको विशेष अवसरमा शनिवार स्टेशनरी सामान वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स तथा लियो क्लवको आयोजनामा विराटनगरको कृष्ण होटलमा कार्यक्रम भएको हो । विगत देखी नै आफ्नो जन्म दिनको मौकामा ईराकीले असहाय, पीडितहरुकै लागि भनेर केही न केही पवित्र काम गर्दे आईरहेका थिएँ । यही मेसोमा शनिवार, ४० जना स–सना नानीहरुको लागि भनेर स्टेशनरी सामान वितरण गरेका छन् ।

कादरीया इस्लामिया आधारभूत विधालय विराटनगर–५ का २० जना केटाकेटी संलग्न भएका थिएँ । यसमा ९ जना बालिका र ११ जना बालक रहेका छन् । अन्य २० जना गरेर ४० जना हुन् । स्टेशनरी सामानका अलावा, मिठाई समेत दिईएको थियो । कार्यक्रममा कादरिया विधालयका प्रिन्सिपल मो. तौकिर रजाको पनि उपस्थिती रहेको थियो ।

त्यस्तैगरी ४४ बर्षिया विराटनगरका अपाङ शिक्षक राजु क्षेत्रीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यिनी १६ बर्षको उमेरमा हुदाँ साईकलबाट लडी स्पाईनलको शिकार भई अपाङ हुन पुगेका थिएँ । अहिले यिनी विराटनगर–१६ मा रहेको मुसर वस्तीमा अध्यापन गराउँछन् ।

कार्यक्रममा ईराकीको सम्मानमा वर्थडे केक समेत काटिएँको थियो । उपस्थित सम्पूर्णलाई समाजसेवी ईराकीले केक खुवाएका थिएँ । लायन्स–लियो क्लवमा आवद्द धेरैको सहभागिता रहेको थियो । क्लवले जन्मोत्सवको मौकामा ईराकीलाई मायाको चिनो प्रदान गरेको थियो । देश – विदेशका धेरै चर्चित पुरस्कारहरुबाट ईराकी सम्मानित भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]