०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

लायन्स तथा लियोको पदस्थापना कार्यक्रम सम्पन्न

Logo

विराटनगर, कार्तिक २१
निरज बस्नेत

विराटनगरको नमस्ते रिजेन्सीमा आईतवार लायन्स तथा लियो क्लवको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । ५२ औं ऐतिहासिक नाम दिईएको यो कार्यक्रमका प्रमुख अतिथिमा इन्टालेशन अफिसर लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ सि नेपालका डिष्ट्रीक्ट गभर्नर लायन. धीरज गुरुङ रहेका थिएँ ।

कार्यक्रममा लायनमा आवद्दतता भएकाकाहरुले कार्यक्रमको अन्तिम सत्र सम्म निरन्तर रुपमा शुभकामना मन्तव्य राखेका थिएँ । सयौं लायनहरुको कार्यक्रममा गर्विलो उपस्थिती रहेको थियो ।

लायन. चाँद बाबु ईराकीले अन्तिम खण्डमा बडो शालिनताले कार्यक्रम प्रस्तुत गरेका थिएँ । समारोहलाई विधिवत् कल टू अर्डर, सभाका सभापति लायन प्रकाश भक्त जोशीले गरेका थिएँ । यसैं कार्यक्रममा जोशीले सन् २०२२–२०२३ का लागि आफ्नो लायन्स विराटनगर अध्यक्ष पदस्थापना विधिवत् रुपमा लायन विजय सुरानालाई हस्तान्तरण गरे ।

राष्ट्रिय गान सयौं थुंगा , बाट औंपचारिकता पाएको यस कार्यक्रमले विश्व शान्तिको लागि १ मिनेट सवै उठी मौनधारण समेत गर्यो । लियो क्लव अफ विराटनगरकी अध्यक्ष लियो अंकिता श्रेष्ठले आउटगोईङ प्रेसिडेन्ट स्पिस व्यक्त गरिन् । कार्यक्रमको बीचमा रमाईलो गाना गैरी खेतमा एक युवतीले राम्रो नृत्य प्रस्तुत गरिन् ।

साथमा ईन्डक्सन एवं ईन्स्टालेशन कार्यक्रम सिलसिलावद्दले सम्पन्न भयो । विराटनगरको कंचनवारीमा रहेका एक र कटहरीमा रहेको अर्को एक विधालयका विधार्थीलाई छात्रवृती प्रदान गरियो । कार्यक्रममा लायन्स क्लव अफ विराटनगरका संस्थापक सदस्य एवं ब्राण्ड एम्वेस्डर लायन मुलचन्द राठी एम जे एफ , पास्ट डिष्ट्रिक्ट गभर्नरहरु, फस्र्ट लेडी लायन रेखा गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]