०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरको पुष्पलाल चोकमा लायन्स–लियोको परोपकारी काम…

Logo

विराटनगर, कार्तिक २७
निरज बस्नेत
समाजका सवैजसो क्षेत्रलाई समेटेर प्रायः परोपकारी कार्यमा एककदम अगाडी रहने लायन्स तथा लियो क्लवले अर्को पवित्र काम गरेको छ । विराटनगरको पुष्पलाल चोकमा रहेको महिला जागृती आश्रममा गएर, पलंग तथा ओछ्यान हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लव विराटनगरका अध्यक्ष लायन विजय सुरानाको कमाण्डमा उक्त कार्यक्रम सम्पन्न शनिवार भएको हो । यस कार्यमा विराटनगरका युवा समाजसेवी लायन चाँद वावु ईराकीको महत्वपूर्ण भूमिका पाईएको देखिन्छ ।

कार्यक्रममा अन्य लायनका केही सदस्यहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा, ४ थान काठको पलंग, डसना, तन्ना, तकिया लगायतका सामान हस्तान्तरण गरिएको थियो । यसै कार्यक्रममा, लायन विजयले,औषधी खर्चका लागि भनेर नगद ५१ सय प्रदान गरेका थिएँ । सँगै भवन निर्माणका लागि थप रु. ५१ सय दिने प्रतिवद्दता समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]