१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मंसीर–४ चुनावकै लागि भनेर ४ दिन विदा

Logo

विराटनगर, कार्तिक ३०
निरज बस्नेत
नेपाल सरकारले आसन्न मंसीर–४ को चुनावलाई लक्षित गर्दे ४ दिन विदा दिने निर्णय गरेको छ । मंसीर २, ३, ४, र ५ गते शिक्षण संस्था बन्द रहनेछन् । मंसीर ४ र ५ गते भने दुई दिन सार्वजनिक विदा नै हुने भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा यही मंसीर–४ गते आईतवार हुदैछ । निर्वाचनको सम्पूर्ण तयारी लगभग निर्वाचन आयोगले पूरा गरेको जनाएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एवं गृहमन्त्री बालकृष्ण खाँणले मंसीर–४ को निर्वाच भयरहित वातावरणमा सम्पन्न हुने यसअघि नै बताईसकेका छन् ।

उम्मेदवारलाई आफ्नो पक्षमा चुनावी प्रचार–प्रसार गर्न यतिवेला भ्याई न भ्याई छ । यसैगरी आ–आफ्ना दलका कार्यकर्तालाई समेत निर्वाचनको माहौलले तताएकै छ ।

मंसीर–१ गते राती १२ बजेसम्म चुनावी प्रचार–प्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । मंसीर–१ गते राती १२ बजे पश्चात् मौन अवधी शुरु हुनेछ । ४८ घण्टे मौन अवधीमा नै आर्थिक हिसावले मतदाता आफूतिर तान्न अक्सर उम्मेदवारले पैसाको चलखेल गर्ने गरेको विगतको चुनावी अभ्यासले देखाएको छ । यसतर्फ निर्वाचन आयोगले सूक्ष्म अनुशन्धान हुने पनि बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]