२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा अवैध ढंगले पार्किङ–शुल्क उठाउदै बहिरा संघ

Logo
प्रकाशित बिहिबार, मंसिर ०१, २०७९

विराटनगर, मंसिर १
कोशी बहिरा संघले अवैधानिक तरिकाले विराटनगरमा पार्किङ शुल्क उठाईरहेको भेटिएको छ । विराटनगर महानगरपालिकासँग पार्किङ–सम्झौता सकिएपनि अवैध ढंगले उनीहरुले शुल्क उठाईरहेको भेटिएको हो । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले पार्किङ–सम्झौता सकिएको जनचर्चा डटकमलाई जानकारी दिएका छन् ।

सडकछेउ मोटरसाईकल पार्किङ गरेबापत ५ रुपैयाँ र चारपाग्रो पार्किङ गरेबापत १० रुपैयाँ संघले उठाईरहेको छ । संघले पार्किङ–शुल्क उठाएता पनि सवारीसाधनको सुरक्षा भने दिएको छैन । कायौं पटक पार्किङ गरेको ठाँउबाट बाईक÷हेलमेट हराउदा समेत संघले सुरक्षाको जिम्मा आफ्नो नभएको भन्दै पन्छिदै आएको छ । खुल्ला सडक पेटीमा पार्किङ गराउदा सावारीसाधनहरु घाम,दुलो र पानीले थ्रोत्रिरहेका छन् ।

विराटनगरको सावारीधनीहरु पार्किङ ठेक्का अव्यवहारिक भएको भन्दै महानगरपालिकाको कार्यप्रति रुष्ट छन् । नागरिक रुष्ट भएसँगै पुनः ठेक्का लगाउने विषयमा महानगरपालिका विचाराधिन बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]