२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

असल व्यक्तित्वहरूको पहिचान गर्न राज्य चुकिरहेको छ : नेता पराजुली

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

विराटनगर,१४ मंसिर
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल  व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा रहेका सामाजिक ,धार्मिक ,शैक्षिक ,विभिन्न ,मुर्दन्य ब्यक्तित्व तथा स्रष्टाहरूलाई राज्यले पहिचान र सम्मान गर्न नसकेको भन्दै उनले त्यस्ता कुराहरुको उठान आफुले गर्ने बताए । भरखरै प्रदेश सभा सदस्यमा निर्वाचित भएको र प्रदेश सरकार निर्माण संगै त्यस्ता  व्यक्तित्वको पहिचान र सम्मान गर्ने वातावरण आफुले बनाउने बताए ।

राजनीतिमा उदाएका नयाँ युवा पुस्ता छ, प्रदेश सभा सदस्य पराजुलीले भने “त्यो त्यसै बस्दैन । केही गरौ भन्ने उदेश्यले आएको छ ,सवैले सहयोग गर्नु पर्छ ।” प्रतिष्ठानका अध्यक्ष गायत्रीकुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा लेखक सुदीप अधिकारीलाई जीवनाथ-रमानाथ-खड्गप्रसाद षडानन्द स्मृति पुरस्कार र समाजसेवी सूर्य बहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

यस्तै प्रतिष्ठानले सोमबारनै ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कोमलकृष्ण अधिकारी,उपाध्यक्ष रमेशकुमार चापागाई,सचिव दिनेश सुवेदी,कोषाध्यक्ष रुपेश बस्नेत र सदस्यहरुमा पुष्पलता कोइराला,सरिता दमन्ता गौतम ,मेनुका कोइराला,मन्जु पौडेल,नारायण पराजुली,घनश्याम पौडेल र दीपक बोगटी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]