२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

अपहरणको आराेपित खत्ताबविरुद्ध पक्राउ पुर्जी जारी

Logo

विराटनगर, १९ मंसिर
निरज बस्नेत

विराटनगर ६ सरौचियास्थित नेपाल टाइम्स मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक अब्दुल खत्ताब (बोलाईने नाम : शैहेन्सा सिद्धिकी) विरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ पूर्जी जारी भएको छ।

विराटनगरका प्रतिष्ठित उद्योगी अरुणकुमार राठीले खत्ताबविरुद्ध जिल्ला प्रहरी कार्यलयमा आईतबार जाहेरी दिएका थिए । खत्ताबसहित तिन जनालाई राठीले जाहेरीमा प्रतिवादी बनाएका छन् । आरोपित खत्ताबबाहेक अन्य दुई जानाको पहिचान स्पष्ट खुलेको छैन ।

राठी नेपाल टाईम्सका अनलाईनका सझेदारसमेत हुन् । सो अनलाईनमा आफ्नो ५ हजार कित्ता (२०प्रतिशत) शेयर रहेको राठीले जाहेरीमा खुलाएका छन् । राठी प्रदेशसभा १ समानुपातिकतर्फको एमालेबाट उम्मेदवार समेत हुन् ।

अपहरणमा परेको तिन दिनपछि मात्र आईतबार  राठीले प्रहरी समक्ष जाहेरी दिएका थिए । खत्ताबको त्रासले तिन दिनसम्म घरबाट बाहिर निस्किन नसकेको र पछि इष्टमित्रले हौसला दिएपछि जाहेरी दिने आट आएको राठीको भनाई छ ।

जाहेरी अनुसार गत बुधवार विहान करिब साढे ६ बजे खत्ताबले अन्तर्वार्ता लिनु छ भनी राठीलाई मेनरोडस्थित सत्यनारायण मन्दिर नजिक रहेको निजको घरबाटै स्कुटरमा चढाएर लगेका थिए । त्यसपछि नेपाल टाईम्सको हालको कार्यालयमा लागी ईन्टरभ्यु लिएको र बाँकी भिडियो उक्त अनलाईनकै पुरानो कार्यलयमा बनाउने भन्दै सरौचियास्थित पुरानो कार्यलयमा पुर्‍याएको र त्यहाँ पुगेपछि तारले हात बाधी ३ घण्टासम्म बन्दक बनाई फिरौती रकम माग गरेको राठीको जिकिर छ ।

“खत्ताब बरम्बार फोनमा कसैसँग कुरा गरिरहेको थियो, ईण्डिया पुर्‍याईदिने कसैलाई भन्दै थियो”  राठीले जनचर्चा संवाददातालाई भने “ईण्डिया पुर्‍याएको भए सायद म जिवित आउदिन थिए होला, सोही कारण उसलाई पैशा लिएर छोडिदिन आग्रह गरे ।”  त्यसपछि १५ लाख तत्काल दिने र बाहिर कसैलाई नबताउने सर्तमा मात्र खत्ताबले आफुलाई उन्मुक्त गरेको राठीको भनाई छ ।

उता खत्ताबले भने आफुले राठीको अपहरण गरेको आरोप अस्वीकार गरेका छन् । राठीले व्यापारीक लेनदेनलाई अतिरंजित गरी भ्रम मात्र फैलाउन खोजेको  खत्ताबले जनचर्चालाई आईतबार प्रतिक्रिया दिएका थिए । राठीको कुरामा कुनै पनि सत्यता नभएको र उनले दिनुपर्ने पैशा समयमा नदिएर उल्टै संस्थालाई बेला बेला संकटमा पार्दै आएको खत्ताबको भनाई छ ।
सोही विषयमा आईतबारनै प्रहरीले खत्ताबलाई जिल्ला प्रहरी कार्यलय मोरङमा बोलाई सोधपुछ गरेको थियाे । सोधपुछ गरी सोही दिन खत्ताबलाई मोरङ प्रहरीले छोडिदिएको थियो । सोमबार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी खत्ताबको खोजीमा जुटेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]