१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

‘बाटो विराएको राजनीति’ पुस्तक विमोचन

Logo

विराटनगर, मंसीर २१
निरज बस्नेत
विराटनगरको स्थानीय नमस्कार रिजेन्सीको खुला चौरमा आयोजित कांग्रेस नेता गुरुराज घिमिरेको किताव ‘बाटो विराएको राजनीति’ विमोचन कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीद्दारा आयोजित बाटो बिराएको राजनीति नामक पुस्तक विमोचन कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस विराटनगर महानगरका सभापति दिपक चापाँगाईले गरेका थिए ।

मंगलवार आयोजित यस कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला रहेका थिए । विशिष्ट अतिथिद्दयमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेसका बौद्दिक नेता चन्द्र भण्डारी थिए । अन्य अतिथिहरुमा कांग्रेस केन्द्रिय सदस्य प्रतिमा गौतम, केन्द्रिय सदस्य अमृत अर्याल, भीम पराजुली, प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्की, माओवादी केन्द्रका नेता अमनलाल मोदी, जीवन विकास समाज कटहरीका सिईओ याेगेनद्र मण्डल, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी लगायत रहेका थिए ।

विमाेिचत पुस्तकमा ५० जति आर्टिकलहरु समावेश छन् । यसअघि विभिनन पत्रपत्रिकामा प्रकाशित भईसकेकाे आर्टिकलहरुकाे संग्रहलाई नै पुस्तकाे रुप दिईएकाे कार्यक्रममा बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]