१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

‘बाटो विराएको राजनीति’ पुस्तक विमोचन

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

विराटनगर, मंसीर २१
निरज बस्नेत
विराटनगरको स्थानीय नमस्कार रिजेन्सीको खुला चौरमा आयोजित कांग्रेस नेता गुरुराज घिमिरेको किताव ‘बाटो विराएको राजनीति’ विमोचन कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीद्दारा आयोजित बाटो बिराएको राजनीति नामक पुस्तक विमोचन कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस विराटनगर महानगरका सभापति दिपक चापाँगाईले गरेका थिए ।

मंगलवार आयोजित यस कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला रहेका थिए । विशिष्ट अतिथिद्दयमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेसका बौद्दिक नेता चन्द्र भण्डारी थिए । अन्य अतिथिहरुमा कांग्रेस केन्द्रिय सदस्य प्रतिमा गौतम, केन्द्रिय सदस्य अमृत अर्याल, भीम पराजुली, प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्की, माओवादी केन्द्रका नेता अमनलाल मोदी, जीवन विकास समाज कटहरीका सिईओ याेगेनद्र मण्डल, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी लगायत रहेका थिए ।

विमाेिचत पुस्तकमा ५० जति आर्टिकलहरु समावेश छन् । यसअघि विभिनन पत्रपत्रिकामा प्रकाशित भईसकेकाे आर्टिकलहरुकाे संग्रहलाई नै पुस्तकाे रुप दिईएकाे कार्यक्रममा बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]