०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पुष्पा अलविदा

Logo

विराटनगर, मंसीर २१
निरज बस्नेत
आर्थिक प्रशासनमा मास्टर्स–डिग्री होल्डर , उमेरले भर्खर २७ की कलिली , केही गरौ खालको अद्भूत समय , राम्रीमा असाध्यै राम्री , यस्ती होनहार महिला पुष्पा न्यौपानेको अल्पायुमै दुःखद निधन भएको छ ।

पुष्पाले आफैंलाई आगो लगाएर आत्मदाह गरेकी छिन् । सायद उपरवालालाई समेत राम्रो मान्छे मात्र प्यारो लाग्छ ।

पुष्पाको परिवार व्यवसायिक परिवार हो । यिनी केल्मी नेपालकी अप्रेसन ईन्चार्जको रुपमा कार्यरत थिईन् । व्यवसायिक रुपमा सफल पुष्पालाई आईलागेको पारिवारिक झमेलाले संसारबाटै अन्ततः चँुडेर लग्यो ।

प्रकृति पनि कति निर्दयी । आइतवार साँझ ७ बजेको समयमा धुम्वराहीस्थित पिपलबोट नजिकमा एक घरको सामुन्नेमा पुष्पाको शरीर जलिरहेको अवस्थामा फेला परेको हो । पछि कीर्तिपुर अस्पतालमा उपचारका क्रममा पुष्पाको मृत्यु हुन पुगेको हो । पुष्पाले आफ्नो शरीरमा आफैले पेट्रोल छर्केर आत्मदाह गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

पुष्पाको सुधन संग्रौलासँग प्रेम बसी पछि दुवै परिवारको राजीखुसीमा विवाह हुने निर्णय भई केही समय अगाडी समेत ईङ्जमेन्ट भएको थियो । पछि केटा पक्षले एकतर्फी रुपमा विवाह हुन नसक्ने बताएपछि घटनाले यो डरलाग्दो रुप लियो । यसक्रममा पुष्पाले आत्मदाह गर्न पुगिन् । यस घटना हुनु केही समय अगाडी देखि नै पुष्पालाई सुधन लगायत सुधनको परिवारले निकै नै मानसिक यातना समेत दिने गरेको कुरा प्रहरीको अनुशन्धानको क्रममा खुलेको हो ।

मृतक न्यौपानेको परिवारले सुधनसहित उनका बुवा दिनेश, आमा बिन्दू र दाइ मधु विरुद्द आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ । जाहेरीको आधारमा प्रहरीले आरोपी सवैलाई नियन्त्रणमा लिएको थियो । पछि म्याद थपका क्रममा अदालतले सुधनलाई मात्र थुनामा राखेर अनुशन्धान गर्ने अनुमती दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]