१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

सम्वन्ध

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसीर २७
निरज बस्नेत
सम्वन्ध मजवूद अक्सर सवैको सवैसँग हुदैन । यसलाई दरिलो पार्न मनदेखीको मिहिनेत गर्नुपर्छ । उतारचढावका बीचमा बरकरार राख्न सक्नु स्वं व्यक्तिको खुवी हो ।

एकअर्कालाई नजिकमा ल्याउन भित्रैबाट प्रयास कायम राख्नुपर्छ । सम्वन्धमा एकरुपता जरुरी अनिवार्यता रहन्छ । हामीलाई व्यस्ताले गाँजेको छ । यही कारण पनि मानिस कमजोर देखिन्छ । यसैले सम्वन्ध स्थापितमा समस्या आईरहने हुन्छ । यस्तो खाले सम्वन्धले मानिसमा दरीद्रा पैदा भएर कालान्तरमा एकअर्काबीचमा शत्रुता बढ्न सक्छ ।

हामीले धेरै महत्वकांक्षा बोक्दा समेत थुप्रै बाधा–व्यवधान जीवनमा आइपर्नेहुन्छ । निमिट्यान्न पार्न त नसकिएला तर कम–कम गर्दे लैजानुपर्छ । फूर्सदमा गल्ती गरेर पछि पछुताउँनु भन्दा बेलैमा ध्यानमग्न भई दत्तचित्तका साथमा एकाग्र मनले सोचेर पाइला अगाडी बढाउनुपर्छ ।

हाम्रोमा पैसाले सम्वन्ध राम्रो हुने गलत सोचाई हावी छ । यसले छिनभरको लागि त मज्जा नै देला । बादमा पुर्पुरोमा हात थमाउनुपर्छ । हैसियत भन्दा सोच्ने गर्नु हुन्न, यसले हमेशा बेफाईदा नै पुर्याउँछ । हामी ज्यादा जान्ने हुन्छौ । यो बाठो पनले घृणा जन्माउन मद्दत गर्छ । हामीले ठन्डा दिमाग लगाउँनु पर्छ । जरुरी छैन की सवथोक प्राप्ती मै टुंगिन्छ ।

कतिपय अवस्था यस्तो पनि आईदिन्छ की हामीले चाहेर पनि आफूले चाहे मुताविकको काम आफू अनुकूल हुँदा समेत आफ्नो फेवरमा पार्न सक्दैंनौ । बस् यस्तो काममा दिमाग लगाऔं, जसले भविष्यको मार्गमा राम्रो गरोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]