२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

सम्वन्ध

Logo

विराटनगर, मंसीर २७
निरज बस्नेत
सम्वन्ध मजवूद अक्सर सवैको सवैसँग हुदैन । यसलाई दरिलो पार्न मनदेखीको मिहिनेत गर्नुपर्छ । उतारचढावका बीचमा बरकरार राख्न सक्नु स्वं व्यक्तिको खुवी हो ।

एकअर्कालाई नजिकमा ल्याउन भित्रैबाट प्रयास कायम राख्नुपर्छ । सम्वन्धमा एकरुपता जरुरी अनिवार्यता रहन्छ । हामीलाई व्यस्ताले गाँजेको छ । यही कारण पनि मानिस कमजोर देखिन्छ । यसैले सम्वन्ध स्थापितमा समस्या आईरहने हुन्छ । यस्तो खाले सम्वन्धले मानिसमा दरीद्रा पैदा भएर कालान्तरमा एकअर्काबीचमा शत्रुता बढ्न सक्छ ।

हामीले धेरै महत्वकांक्षा बोक्दा समेत थुप्रै बाधा–व्यवधान जीवनमा आइपर्नेहुन्छ । निमिट्यान्न पार्न त नसकिएला तर कम–कम गर्दे लैजानुपर्छ । फूर्सदमा गल्ती गरेर पछि पछुताउँनु भन्दा बेलैमा ध्यानमग्न भई दत्तचित्तका साथमा एकाग्र मनले सोचेर पाइला अगाडी बढाउनुपर्छ ।

हाम्रोमा पैसाले सम्वन्ध राम्रो हुने गलत सोचाई हावी छ । यसले छिनभरको लागि त मज्जा नै देला । बादमा पुर्पुरोमा हात थमाउनुपर्छ । हैसियत भन्दा सोच्ने गर्नु हुन्न, यसले हमेशा बेफाईदा नै पुर्याउँछ । हामी ज्यादा जान्ने हुन्छौ । यो बाठो पनले घृणा जन्माउन मद्दत गर्छ । हामीले ठन्डा दिमाग लगाउँनु पर्छ । जरुरी छैन की सवथोक प्राप्ती मै टुंगिन्छ ।

कतिपय अवस्था यस्तो पनि आईदिन्छ की हामीले चाहेर पनि आफूले चाहे मुताविकको काम आफू अनुकूल हुँदा समेत आफ्नो फेवरमा पार्न सक्दैंनौ । बस् यस्तो काममा दिमाग लगाऔं, जसले भविष्यको मार्गमा राम्रो गरोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]