२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

महाअभियोग विचाराधीन रहेकै अवस्थामा जवराको अवकाश

Logo

विराटनगर, मंसीर २७
निरज बस्नेत
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवरा मंगलवारबाट सर्वोच्च अदालतबाट औपचारिक रुपमा विदा भएका छन् । ६५ वर्षे उमेर हदका कारण जवराले आजबाट अवकाश पाएका हुन् ।

विवादीत छवि बनाएका जवरा माथि अव सम्पति शुद्दीकरणले भ्रष्टाचार र सम्पति शुद्दीकरणका सम्वन्धमा छानबिन गर्न सक्छ ।

न्यायपरिषद्को अभिलेखमा २८ मंसीर २०१४ सालमा जन्मेका जवरा बुधवारबाट ६५ बर्ष पूरा हुनेछन् । जबरामाथि अदालतमा विचाराधीन मुद्दामा मोलाहिजा गरेको र त्यसमार्फत गैरकानूनी सम्पति आर्जन गरेको आरोप लागेकाले अब अख्तियारले गैरकानुनी सम्पतिआर्जनको अभियोगमा अनुशन्धान गर्न सक्छ ।

जवरा माथिको प्रमुख आरोप नै भ्रष्टाचार हो ।

जबरा विरुद्दको महाअभियोग प्रस्तावमा भ्रष्टाचार र अनियमिततामा संलग्न भएको र गैरकानुनी सम्पति आर्जन गरेको उल्लेख छ । ३१ भदौको महाअभियोग सिफारिस समितिमा पेश भएको जवराको पछिल्लो सम्पति विवरण अनुसार, जवराले आर्जन गरेको २५ वर्षसम्मको न्यायसेवामा बस्दाको कूल आर्जित सम्पति १० गुणा ज्यादा देखिएको छ ।

३ वैशाख २०५३ मा तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीसको रुपमा प्रवेश गरेका जवराको अहिलेसम्म करिब १ करोड रुपैंया मात्रै तलवबापत आर्जन गरेको देखिन्छ । तर, यो अवधिमा जवराले १२ करोड बढीको लगानी जग्गामा गरेका छन्

जवराले जोडेको सम्पतिको मूल्य हालको बजार मूल्य अनुसार १ अर्व हुन्छ । १३ माघ २०६२ देखी ६ असोज २०६५ सम्म विशेष अदालतको सदस्य(न्यायाधीस) का रुपमा काम गरेर सरुवा भएका जवराले दुई महिनाभित्रै ठमेलमा ३ कित्ताको २१ आना जग्गा खरिद गरेका थिए । त्यसको करिब १० महिनापछि जवराले ५ आना क्षेत्रफलको ३ कित्ता जग्गा किनेको देखिन्छ । जवरा प्रधानन्यायाधीस भएको २ वर्षपछि रेजीको नाममा १ रोपनी ८ आना जग्गा किनेको भेटिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]