१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

महाअभियोग विचाराधीन रहेकै अवस्थामा जवराको अवकाश

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसीर २७
निरज बस्नेत
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवरा मंगलवारबाट सर्वोच्च अदालतबाट औपचारिक रुपमा विदा भएका छन् । ६५ वर्षे उमेर हदका कारण जवराले आजबाट अवकाश पाएका हुन् ।

विवादीत छवि बनाएका जवरा माथि अव सम्पति शुद्दीकरणले भ्रष्टाचार र सम्पति शुद्दीकरणका सम्वन्धमा छानबिन गर्न सक्छ ।

न्यायपरिषद्को अभिलेखमा २८ मंसीर २०१४ सालमा जन्मेका जवरा बुधवारबाट ६५ बर्ष पूरा हुनेछन् । जबरामाथि अदालतमा विचाराधीन मुद्दामा मोलाहिजा गरेको र त्यसमार्फत गैरकानूनी सम्पति आर्जन गरेको आरोप लागेकाले अब अख्तियारले गैरकानुनी सम्पतिआर्जनको अभियोगमा अनुशन्धान गर्न सक्छ ।

जवरा माथिको प्रमुख आरोप नै भ्रष्टाचार हो ।

जबरा विरुद्दको महाअभियोग प्रस्तावमा भ्रष्टाचार र अनियमिततामा संलग्न भएको र गैरकानुनी सम्पति आर्जन गरेको उल्लेख छ । ३१ भदौको महाअभियोग सिफारिस समितिमा पेश भएको जवराको पछिल्लो सम्पति विवरण अनुसार, जवराले आर्जन गरेको २५ वर्षसम्मको न्यायसेवामा बस्दाको कूल आर्जित सम्पति १० गुणा ज्यादा देखिएको छ ।

३ वैशाख २०५३ मा तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीसको रुपमा प्रवेश गरेका जवराको अहिलेसम्म करिब १ करोड रुपैंया मात्रै तलवबापत आर्जन गरेको देखिन्छ । तर, यो अवधिमा जवराले १२ करोड बढीको लगानी जग्गामा गरेका छन्

जवराले जोडेको सम्पतिको मूल्य हालको बजार मूल्य अनुसार १ अर्व हुन्छ । १३ माघ २०६२ देखी ६ असोज २०६५ सम्म विशेष अदालतको सदस्य(न्यायाधीस) का रुपमा काम गरेर सरुवा भएका जवराले दुई महिनाभित्रै ठमेलमा ३ कित्ताको २१ आना जग्गा खरिद गरेका थिए । त्यसको करिब १० महिनापछि जवराले ५ आना क्षेत्रफलको ३ कित्ता जग्गा किनेको देखिन्छ । जवरा प्रधानन्यायाधीस भएको २ वर्षपछि रेजीको नाममा १ रोपनी ८ आना जग्गा किनेको भेटिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]