२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

आँउदैछ शक्तिशाली अनलाईन चिरफार

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

विराटनगर, मंसिर २८
पत्रकार बह्मदेव यादवले पुषको पहिलो साताबाट चिरफार डटकम न्युज पोर्टल संचालनमा ल्याउने भएका छन् । कुनै प्राविधिक समस्या नआए पुष १ गतेबाटै पोर्टल संचालनमा ल्याउने संचालक यादवको तयारी छ ।

पत्रकारीताको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै चिरफार डटकम अघि बढ्ने संचालक बह्मदेव यादवले जनचर्चालाई जानकारी दिएका छन् । “सधैभरी श्रमजिवी–पत्रकार भएरै काम गर्न मनथ्यो, तर अरुको मिडियामा काम गरेर कहिलेपनि स्वतन्त्र पत्रकारिता गर्न नसकिदो रहेछ” यादव भन्छन् “ पछिल्लो समय न्युजरुममा मिडिया मालिकको हस्तक्षेप बढ्दै गएपछि पत्रकारिताको संरक्षण आफैले मिडिया संचालन गरेर गर्नुपर्छ भन्ने निश्कर्षमा पुगे ” ।

यादवले ५०को दशकदेखि विराटनगरमा रहि पत्रकारीता गर्दै आएका छन् । करिब आधा करोड लगानीमा चिरफार डट कम संचालनमा ल्याउन लागेको यादवको भनाई छ । यादवले केहि समयअघि आफनाे आधिकारिक फेसबुकमार्फत शक्तीशाली मिडियाकाे रुपमा चिरफार डट कम संचालनमा ल्याउन लागेकाे उद्घाेष गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]