०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाल प्रहरी श्रीमती संघद्वारा विराटनगरमा स्वास्थ्य शिविर आयाेजना

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

बिराटनगर, पुष ३

नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा. लि. बिराटनगरको सहकार्यमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना भएकाे छ ।

आईतवार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा बत्ती बालेर शिविरकाे बिधिवत उद्घाटन गरेकी थिइन् । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत,जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएकाे थियाे ।

शिविरमा भिडियो एक्सरे, ई‍.सी.जी. बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा रहेको उक्त शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो । एक दिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु , पुर्व प्रहरी, अमर र अशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३७१ जनाले निस्शुल्क स्वास्थ्य सेवा लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]