०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रोजगार पेभिलियनमा आकर्षण

Logo

विराटनगर, पुस ५
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ ।
एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए ।

स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा रोजगारीका लागि फर्म भर्नेहरूमा धेरैजसो स्नातक तहमा पढ्ने विद्यार्थीहरू रहेको संयोजक यादवले बताएका हुन् । कामको खोजीमा विद्यार्थीहरू धेरै आएका र सिपसिकेका दक्ष जनशक्ति थोरै मात्रै भएकाले माग भएको कामका लागि ‘म्याच’ गर्न गाह्रो भएको यादवले जानकारी दिए । काम खोज्न आउनेहरू धेरै जसोले लेखा, रिसेप्सनलगायतका पदहरूमा आवेदन दिएका छन् । यता रोजगारदाताहरूले भने धेरै जासो उद्योगमा काम गर्ने दक्ष तथा अर्धदक्ष कामदार र थोरै मात्रामा लेखा तथा रिसेप्सनका लागि माग गरेको जनाइएको छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । सोमबार अनुसन्धान र प्रविधि शून्य लगानी खेती–प्रणाली, अन्न भण्डारणको वैज्ञानिक पद्दती, खाद्य प्रशोधन ः परम्परागत प्रविधि नयाँ अवसर, प्रशोधित खाद्यको गुणस्तर, मासु प्रशोधनको प्रविधि र उद्योग, नेपालमा अलँची ड्रायर प्रविधिको रुपान्तरण विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल भएको थियो । मंगलबार प्रदेश १ मा नवप्रवर्तन (स्टार्टअप) तथा कृषि व्यवसायका अवसर र अवरोध, प्रदेशमा कृषि व्यवसाय लजिस्टिक सेवाहरू ः अनुभव र अबको बाटो र उदीयमान नवप्रवर्तन (स्टार्टअप) इकोसिस्टम र इन्कुबेटरहरू ः आगामी मार्गचित्रमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै छलफल हुने उद्योग संगठन मोरङले जनाएको छ ।

त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । मंगलबार थिमेटिक फेसन शो आयोजना हुँदैछ । प्लाष्टिकलाई सही ढंगले उपयोग गर्नु पर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले थिमेटिक फेसन शो हुन लागेको हो । प्लाष्टिकजन्य प्याकेजिङ सामाग्री उत्पादन गर्ने उद्योगहरुको संस्था प्लाष्ट फाउण्डेशनको सहकार्यमा रिड्युज, रियुज र रिसाइकल थिममा फेशन शो हुन्छ ।
मोडलहरुले प्लाष्टिकजन्य सामाग्रीहरुको पुनः प्रयोग गरी फ्रेब्रिक गरिएको कपडाहरु लगाउने छन् । हरेक वस्तुको प्रयोग पुनः प्रयोग हुन्छ, गर्न सकिन्छ भन्ने सन्देशसहित सचेतना अभिवृद्धि गर्न काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा फेसन शो हुन लागेको प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले बताए ।
महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]