२२ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

उद्योगी रिजाललाई अर्थमन्त्री पौडलको फोन : ‘तुरुन्त काठमाडौं आउनु’

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९

विराटनगर, पुष १२
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई फोन गरी तुरुन्त काठमाडौं आउन भनेका छन् ।

चर्को ब्याज विरुद्ध अन्दाेलन चलाई रहेका उद्योगी व्यापारीलाई वार्ताका लागी बोलाउने क्रममा रिजाललाई मन्त्री पौडेलले फोन गरेका हुन् । फोन आएपछि रिजाल मन्त्री भेट्न काठमाडौं पुगीसकेका छन् । रिजालसँगै उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल समेत वार्ताका लागी काठामाडौं पुगेका छन् ।

रिजालका अनुसार वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली काठमाडाै‌ पुग्दैछन्। त्यसैगरी भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौँ उद्योग वाणिज्य संघका प्रतिनिधि पनि वार्तामा सहभागी हुने रिजालले जानकारी दिएका छन्।
उद्योगी व्यापारीसँग मंगलबर नै अर्थमन्त्रीले वार्ता गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]