०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मायालुको संझनामा कोरिएको यादगार पत्र, तिम्रो मायाको अगाडी मेरो हार…

Logo

विराटनगर, पुष १४
निरज बस्नेत
१४ फ्रेब्रुअरी , २०६४ साल सोमवार विहान ७ः२५ बजेको शुभ साइत, आई लभ यू बाट शुरुवात ।

मेरे जीन्दगी के मालिक मेरे दिल पे हात रख दो, तेरे आने के खुशी मे मेरा दिल मचलता जाए । थाहा छ तिमी आउँछौं मलाई भेट्न भन्ने कुराले म कति धेरै खुशी भएकी थिए ।

म तिमीसँग फोनमा कुरो गरेर रुममा आउँदा यो माथिको गीत दिदैरहेछ , बा मेरो त खुशीको सिमा नै रहेन । मेरो मनभित्र रमाएर नाचिरहेको छ ।

कस्तो हुन्छ होला तिमीसँग यत्रो दिन पछाडी भेट्दा, कस्तो हुन्छ होला उसलाई देख्दा, हामीबीच कस्तो–कस्तो कुरा हुन्छ होला, उसलाई देख्नेवितिकै मेरो रियाक्सन कस्तो हुन्छ होला, म त लजाउँछु होला । उसले मलाई हेर्ने वितिकै अनि धेरै बेर उ पट्टी फर्केर हेर्दिन होला । हतारहतार खाना खाएँ र भाडाँ पनि माजिसके । फ्रेस भएर बसे । कम्प्युटरमा मिठो–मिठो गाना हाले र सुन्दै तिम्रो वेट गर्न थाले । म आजको जस्तो खुशी, आज जस्तो फिल भैरहेको छ, मलाई त्यस्तो कहिले पनि भएको थिएन ।

यू आर इन माई एभ्री ब्रेथ, बीजी लभ्स यू, आई लभ यू । लभ यू क्रेजी । यू प्लस बीजी एक प्रकारको अलग्गै छुट्टै खुशी थियो मेरो मनमा तिमी आउँछौ ठानेर म वेट गरेर बसिरहे बसिरहे । बाटोतिर हेर्दे तर एक्कासी आयौ तिमी र म झस्किएँ । हामी रुममा आएर गफ गर्न थाल्यौ । आज त मलाई तिम्रो धेरै नजिक भएको जस्तो महसुस भयो ।

तिम्रो मुहार हेर्दा, कुरा गर्दा मैले त सारा संसारलाई बिर्सिसकेको थिएँ । मेरो यति नजिक तिमी भएर कुरा गर्दा मलाई त सपनामा छु जस्तो लाग्थ्यो । घरीघरी हाम्रो मयााको कुरा , फ्युचरको कुरा र हाँसखेल गर्दागर्दे तिमी जाने बेला हुन आट्यो भनेर मेरो मन नरमाइलो मान्दै थियो । म मेरो जानको मुहार एकतालले हेरेर बसिरहेकी थिएँ । तिमी जाने बेलामा म यसोयसो गरेर विदा गर्छु । यो यो कुरा भन्छु जाने बेलामा उसको हात चुमेर म छिट्टै फेरी भेट्नुपर्छ ल भन्छु अनि अरु के के गर्छु होला । उसले पनि मलाई के के भन्छ होला आदि आदि कुराहरु सोचेर म उसलाई नै हेर्दे बसेकी थिए ।

यू कम्प्युटरमा गीत हेर्दे थियो र घरीघरी मलाई हेर्दे थियो । एक्कासी तिमी उठेर म गए भनेर हिड्यौं । मेलै हेल्लो के भो, हिडेको भन्दा यू ल भन्दैभन्दै फर्केर हेरो मलाई । मलाई त केही भन्नै आएन । मैले केके सोचेर बसेकी थिए । तिमी प्लस बिजी फर एभ्री लभ देयर इज लट टू रिसिभ इट । द मस्ट ब्यूटीफुल थिङ क्याननट बी टच एण्ड सिन बट क्यान बी फिल अन द हर्ट । दयाट इज लभ डार्लिङ ।

कमसेकम अव म जान्छु ल धेरै बेर भयो बसेको राती हुन लाग्यो आदी कुरा बसेर नै भनेको भए म केही त भन्दिन थिए होला । बरु मेलै सोचेको कुरा पनि गर्न नपाए मलाई कुनै दुःख हुने थिएन होला । कमसेकम हासी हासी त विदा लिएको भए हुन्थ्यो तिमी । तिमी रिसाएर त्यसरी गयौं मेरो मन कति रोइरहेको छ । तिमीलाई के थाहा , दिनभरी कति हसायौं मलाई । मायालु अनि कति मिठो कुरा सुनायौं । लास्टमा छुट्टीने बेलामा चाहीँ मेरो तिमीसँग यस्तरी विदा हुन्छ भन्ने सोचेकी थिइन । तर के कुरा हुन गयो । यस्तो हुन्छ आजको भेट पछिको इण्डिङ मेलै सपनामा पनि सोचेकी थिइन ।

आज हुन त तिम्रो , तिमी आफै के सोचेर हिड्यौ मैले बुझ्न सकिन । जिस्किएर तिमी यही आज मेरै रुममा बस्ने कुरा गर्दे थियौ । मैले पनि जिस्केको हो भन्ने ठाने । तर तिमीले साच्चिकै बस्ने इरादा राखेको थियौ होला त्यसैले त मेरो नामन्जुरीमा तिम्रो मन दुःख्यो हैन ? मेरो इच्छाविना एक कदम पनि चल्दिन भन्ने मान्छे आज मेरो मजबुरी , मेरो डरको कारण थाहा पाउँदापाउँदै यसो गरेर हिड्यौ म के गर्न सक्छु र । अव रुनबाहेक । द फस्र्ट ड्युटी अफ लभ द लेसन । तिमी गएपछि ढोका लक गरेर म धेरै रोए । किन रोए मलाई नै थाहा छैन । सायद सोचेको विपरीत हुन गयो होला । र, मेरो मनले माया गरेको मान्छेले मेरो मर्म मनको कुरा बुझेन । अरु कस्ले बुझ्ला र भन्ने सोचेर रुन आएको हुनसक्छ ।

कति गाहाे परेको थियो । मेरो मनले तिमीलाई स्वीकार्न । म जस्तो मान्छेलाई पनि कसैले यति माया गर्न सक्छ । म आफै सोच्ने गर्थे । तर म जस्तो मान्छे आज मायाको भुमरीमा फसेर यसरी रुन पनि सक्छ । कसैको लागि मैले सोचेको त के कहिले कल्पना पनि गरेको थिइन । कति रिस्क उठाएर मैले तिम्रो हात थामेकी थिए । त्यो मेरो मनलाई मात्र थाहा छ ।

तिम्रो मायाको अगाडी मेरो हार भएको छ ।

तिमीलाई पनि म धेरै धेरै माया गर्न थालेकी छु । आज तिमी नै मेरो कुरा नबुझी मेरो मन दुखाएर त्यसरी मलाई छाडेर जान्छौ भन्ने म त बाँचेको कुनै अर्थ हुदैन । भोली मेरो एक्जाम छ र अहिले मेरो माइण्ड यति डिस्र्टब छ नि । सायद तिमीले जाने बेलामा हँसाएर विदा लिएको भएँ मेरो माइण्ड फ्रेस हुन्थ्यो होला । केही हुन्थ्यो होला तर तिमी गएपछि मैले ढोका खोलेकै छैन । खाटमा तिमी पल्टेको ठाउँमा पल्टेर रोइरहे । म कपीबाट पाना च्यातेर लेख्न बसे । म र मेरो आजको कहिले बिर्सन नसक्ने क्षण । आई लभ यू । नेभर हेट मी बिकाउज आई कान्ट वियर इट । अल्वेज लभ मी विथआउट लिमिटेशन । विजी विलङस् टू यू ।

साच्चै आजको दिन म कहिले पनि विर्सन सक्दिन । अहिले ८ः३० भएछ । खाना पनि पकाएको छैन । विहानको भाँडा पनि माझेको छैन । अव एउटा रमपम छ । त्यही खान्छु र सुत्छु । तिमीलाई सम्झिदै । भाइले दिदि खाना पकाउनु भएन सोध्दै थियो । म नबोली बसिरहेकी छु । आमाले अहिले भर्खर सब्जी पठाउनु भएछ । र, ढोका खोले । के भयो भनेर सोध्दै हुनुहुन्थ्यो । मैले केही हैन भने । र, फेरी भाई डिस्टर्व गर्न रुममा आयो …….क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]