२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

“पैशा बुझाएपछि नियुक्त हुन्छन् पू.वि.का भिसि र रजिष्टार”

२५ वर्ष बितीसक्दा पनि पू.वि. भित्रैबाट कसैले पाउन सकेनन् नेतृत्व
Logo
प्रकाशित बुधबार, भाद्र ०४, २०७६

राजेश शर्मा
बिराटनगर,भाद्र ४
पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) प्राध्यापक एवं कर्मचारी संघले विश्वविद्यालयका लागी उपकुलपति एवं रजिस्ट्रार बाहिरबाट नपठाउन सरकारलाई आग्रह गरेका छन् ।संघका केन्द्रिय समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयमा कार्यरत वरिष्ठ प्राध्यापकहरु मध्यबाटै नेतृत्व छानिनु पर्ने उनीहरुले माग गरेका समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्मचारी संघका सभापति राज कुमार सापकोटाले पू.वि. को २५ ओ बर्ष पूरा भइसके पनि नियुक्तिमा हुने राजनीतिक भागबण्डा कारण हालसम्म पू. बि भित्रैबाट कसैले नेतृत्व पाउन नसकेको गुनासो गरे ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठले बाहिरबाट आएको पदअधिकारीभन्दा पू वि भित्रकै प्रध्यापकलाई विश्वविद्यालयको बारेमा राम्रो ज्ञान हुने बताए । उनले भने “बाहिरबाट नियुक्ति भएर आएका पदाधिकारीलाई छ महिना त विश्वविद्यालयलाई बुझन नै लाग्छ, जो त्यो ठाउँको छ उसले मात्र त्यो ठाउँको मर्म र आवश्यकता बुझेको हुन्छ तै भएर पू. बि.का प्राध्यापकहरु मध्येबाटै विश्वविद्यालय संचालनको नेतृत्व दिनुपछ”
प्राध्यापक संघका पुर्ब सभापति दिनेशराज सुवेदीले पदाधिकारीहरु आर्थिक लेनदेनबाट नियुक्ति भएर आउने हुने भएकाले आएको रकम भन्दा बढी उठाउने चलखेलमा पदाधिकारीहरु भुलने गरेको आरोप लगाए ।
माग बिपरित पू. बि. भन्दा बाहिरबाट पदाधिकारी नियुक्ति गरिएको अवस्थामा उत्पन्न हुने परिस्थितिका जिम्मेवार सम्बन्धित निकाय स्वयम्को हुने बिज्ञप्तिमा चेतावनी दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]