२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

पाँचथरमा लागेको आगलागीमा परेर २ जनाको मृत्यु, ५० लाखको क्षति

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

निरज बस्नेत
विराटनगर, पुष २०
फिदीम नगरपालिका–५ घुमाउनेटारमा आगलागी लागेको छ । गएराती लागेको आगलागीमा परी २ जनाको मृत्यु हुन पुग्यो । अन्य २ जना घाइते पनि हुनपुगे ।

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा आगो लागेको बताइएको छ । राती १ः३५ बजे अचानक आगलागी भएको गुरुङ बताउँछन् । जसमा गुरुङकी बुहारी २३ बर्षिया आसाङसिं थेवे र २२ वर्षिया बर्षिया छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको हो । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक हरि खतिवडाले दिएँ ।

आगलागीमा परी मेघ गुरुङ र विजेन्द्र गुरुङ समेत सामान्य घाइते भएका छन् । र, अन्य ३ जना भने भाग्न सफल भई जोगिएका पनि छन् । आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ । यसवाट ५० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान छ ।
तस्विरः जितबहादुर भण्डारी, रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]