२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

भारतीय मिडीयामा त्रास फैलियो, पोखरा अन्तराष्ट्रिय विमानस्थलको विरोध गर्दे भारतीय मिडीया

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९

निरज बस्नेत
विराटनगर, पुष २१
भारतीय मिडीयामा एक प्रकारको त्रास फैलिएको छ । यो त्रास नेपालको पोखरामा बनेको अन्तराष्ट्रिय विमानस्थलको कारणले बताइएको छ । यो समाचार यतिवेला भारतीय मिडीया आज–तकले प्राथमिकतामा राखेर प्रशारण गरिरहेको छ ।

चीन सरकारले उधारोमा बनाइदिएको भनी हल्ला पिटाउँदै भारतीय मिडीया दावी गर्छ, कालान्तरमा यो नेपालको लागि गलपासो बन्ने छ ।

चीनले यो पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउँन दिएको उधारोको रकम नेपालले जीवनभर तिर्न नसक्ने ठोकुवा उक्त मिडीयाको रहेको छ ।

भारतसँग निहुँ खोज्ने मनसायले नेपाललाई प्रयोग गर्दे यो पोखरा विमानस्थल नेपालमा बनाइएको उक्त च्यानलको दावी पनि रहेको समाचारमा जनाइएको छ ।

अन्ततः नेपाल सरकारले यो उधारो रकम तिर्न नसकी पोखरा विमानस्थलमा चीनले नै कब्जा गर्ने समेत आजतक बताउँछ ।

अहिलेको प्रचण्ड नेतृत्व सरकार झन् चीनसँगको विशेष साठगाँठमा नजिक रहेको जनाउँ दिदै यसलाई झन् चीनकै इसारामा प्रचण्डकै हातबाट १ जनवरीमा पोखरा विमानस्थल उद्घाटन गर्न चीनले नै लगाएको उक्त समाचारमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]