२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

५२ बर्षिय रविनाको अनौठो यो कस्तो प्रेम सम्वन्ध…? प्रेम विवाहमै परिणत होला त…?

Logo

निरज बस्नेत
विराटनगर, पुष २१
हटकेक नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ , उमेरले अहिले पूरा ५२ की भइन् । यो उमेरमा नेपालमा सामान्यतया महिलाहरु परपुरुषसँग प्रेम सम्वन्धमा रमाएको पाइदैन । तथापी प्रत्येक मान्छेको यो निजी जीवन जिउने कला हुनसक्छ । यसलाई अन्यथा पनि मान्न नसकिएला ।

तर, यहाँ एक सेलिब्रेटी बैंकरको छवि बनाएकी रविनाको प्रसंग रहेको अवस्था छ । यिनै रविना अहिले प्रेमी स्टुआर्ट अलेक्जेण्डरको प्रेममा पागल भएकी छिन् । यही प्रेमीसँगको असरल्ल फोटो अहिले सामाजिक संजालभरि यत्रतत्र छरिएका देखिन्छन् ।

मेगा बैंकको कायममुकाम कार्यकारी अधिकृत जस्तो लोभलाग्दो जागिर आज रविनाले यीनै प्रेमी स्टुआर्टको लागि तिलान्जली दिइसकेकी छिन् । जुन कतिपयलाई अस्वभाविक समेत लागेको छ । तर, जागिर छोड्ने मामला यो रविनाको नितान्त व्यक्तिगत कुरा होला । तथापी सेलिब्रेटी परिचय बनाएकी रविनालाई धेरैले पछ्याउँने गरेका छन् ।

रविनाको अल फ्यामेली मेम्वर नै पूरै सेलिब्रेटीहरुले प्याक रहेको पनि यथार्थ हो । रविनाले इन्स्टाग्राममार्फत ३२ बर्षको बैंकिङ करिअरबाट बाहिरीएपछि आफ्नो प्रेमी चिनाएकी थिइन् । यसबाट रविना औंधी रमाएको महसुस उनैबाट आएको थियो ।

रविनाले प्रेमी स्टुआर्टलाई भेटेपछि , कसरी माया बस्यो त्यो शब्दमा व्यक्त गर्न नसक्ने, भन्दै सवैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छिन् । रविनाले प्रेमी स्टुआर्ट अलेक्जेण्डर च्याप्म्यानको इन्स्टाग्राममा मेन्सन गर्दे आई लभ यू लेखेकी छिन् । यसबाट दुवै प्रेममा लठ्ठीएको अनुमान गर्न सकिन्छ । साथै भविष्यमा विवाह बन्धनमा नै बाधिन पनि सक्लान् की…?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]