०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बालेन दम्पती मस्तीमा

Logo

निरज बस्नेत
विराटनगर, पुष २४
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह दम्पती मस्तीमा रमाइरहेका छन् । इण्डोनेसिया भ्रमणमा निस्केको यो दम्पती रमाइलो मुडमा देखिएको तस्वीर सामाजिक संजालभरि भाइरल भइरहेका छन् ।

काठमाडौं महानगरको काम बग्रेल्ती छोडी बालेन, श्रीमतीसहित परदेशमा रमाई–रमाई घुम्नुलाई नमच्चिने पिङको सय झड्काको संज्ञा दिई विश्लेषकहरुले टिप्पणी गरिरहेका छन् । प्रायः प्राय काठमाडौंवासीहरुको मन जितेर गएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयर बनेका बालेनलाई आज आएर यही मेयर पदको ज्यादा उन्माद चढेको धेरै काठमाडौंवासीहरुको टिप्पणी पनि रहदै आएको देखिन्छ ।

यावत् जनताको मागलाई सम्वोधन गर्ने यो महत्वपूर्ण समयमा पत्नी समेत लिएर इण्डोनेसिया हानिनुमा अधिकांशले नराम्रो मानेका छन् । हुन त यो बालेनको व्यक्तिगत मामला होला, कहीँकतै घुम्न जान पाउँनु पनि बालेनको व्यक्तिगत स्वतन्त्रताभित्र पर्ला ।

कसैलेपनि कसैको निजी जीवनमा दख्खल नजरअन्दाज गर्नुपनि हुन्न भन्ने फेरी अर्कोतर्फ बुझाई रहेको पाइन्छ । तथापि बालेन एक व्यक्ति नभएर संस्था हुन् । त्योपनि जनप्रतिनिधि हुन् ।

राजधानी काठमाडौंको मेयर भनेको वास्तवमैं कार्यकारी पोष्ट हो । फूल पावर हुने यो पदधारण गर्ने व्यक्ति आम जनतामा बढी फोकस हुनु नै पर्दछ । घुम्नु, रमाइलो गर्नुपर्छ । तर, कतिवेला …? प्रश्न जटिल बन्दैछ…बालेनको सवालमा…?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]