१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको फोहोरमैलाले महानगरपालिकालाई गिज्जाइरहेको..

Logo

निरज बस्नेत
विराटनगर, पुष २७
बुधवार विराटगरमा सम्पन्न विराटनगर महानगर अधिवेशनका क्रममा मन्तव्य राख्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला भन्दैथिएँ , अव विराटनगर हेर्न लायकको भयो ।

आफू नेतृत्वमा आएको ७ महिनामा आफैले गर्दा विराटनगरको फोहरमैला सकिएको प्रतिक्रिया समेत दिन भ्याए । तर, उनले यो प्रतिक्रिया दिदै गर्दा हाम्रो टिमले विराटनगरकै विराट नर्सिङ होम नजिकै जाँदा, छरपष्ट ब्रग्रेल्ती फोहोरको डंगुर फेला पार्यो ।

यो त एक ठाउँको मात्र भयो । यो सँगै विराटनगरका अन्य कयौं यस्ता अन्य ठाउँहरु छन् । जहाँ अहिले पनि फोहोरका थुप्राहरुले महानगरपालिकालाई गिज्जाइरहेको छ ।

अनि, मेयरसावको भाषण केवल फिक्का सिवाय अरु केही छैन । मेयर जतिको शोभनीय पदधारित व्यक्तिले विना अध्ययन हचुवाको भरमा मन्तव्य दिनु अघि अव आगामी दिनमा पर्याप्त तयारी गर्नुपर्ने देखिन्छ ।

मेयरका आसपासमा रहेर मेयरलाई सल्लाह दिनेहरुले गतिलो काम चाँही गरेर नै जनताको करको पैसा तलव वापत बुझ्नुपर्ने देखिन्छ । केही गरेको छैन भने छैन भन्दा उचित होला । तर, सिन्को नभाची गरे भन्दै झुटा प्रचार कदापी नगरियोस् । चेतना भया…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]