१५ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरको फोहोरमैलाले महानगरपालिकालाई गिज्जाइरहेको..

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

निरज बस्नेत
विराटनगर, पुष २७
बुधवार विराटगरमा सम्पन्न विराटनगर महानगर अधिवेशनका क्रममा मन्तव्य राख्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला भन्दैथिएँ , अव विराटनगर हेर्न लायकको भयो ।

आफू नेतृत्वमा आएको ७ महिनामा आफैले गर्दा विराटनगरको फोहरमैला सकिएको प्रतिक्रिया समेत दिन भ्याए । तर, उनले यो प्रतिक्रिया दिदै गर्दा हाम्रो टिमले विराटनगरकै विराट नर्सिङ होम नजिकै जाँदा, छरपष्ट ब्रग्रेल्ती फोहोरको डंगुर फेला पार्यो ।

यो त एक ठाउँको मात्र भयो । यो सँगै विराटनगरका अन्य कयौं यस्ता अन्य ठाउँहरु छन् । जहाँ अहिले पनि फोहोरका थुप्राहरुले महानगरपालिकालाई गिज्जाइरहेको छ ।

अनि, मेयरसावको भाषण केवल फिक्का सिवाय अरु केही छैन । मेयर जतिको शोभनीय पदधारित व्यक्तिले विना अध्ययन हचुवाको भरमा मन्तव्य दिनु अघि अव आगामी दिनमा पर्याप्त तयारी गर्नुपर्ने देखिन्छ ।

मेयरका आसपासमा रहेर मेयरलाई सल्लाह दिनेहरुले गतिलो काम चाँही गरेर नै जनताको करको पैसा तलव वापत बुझ्नुपर्ने देखिन्छ । केही गरेको छैन भने छैन भन्दा उचित होला । तर, सिन्को नभाची गरे भन्दै झुटा प्रचार कदापी नगरियोस् । चेतना भया…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]