१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

कानेपोखरीको थुक्पा

Logo

निरज बस्नेत
कानपोखरी, पुष २७
विराटनगरबाट पूर्वतर्फ हाइवेमा अवस्थित कानेपोखरी जक्सन रमाइलो ठाउँ हो । जहाँ हाइवेको मज्जामा यो जाडोमा तातो तातो थुक्पा खान पाइन्छ ।

थुक्पा जाडोमा खाँदाको विछ्छटै मज्जा छ । थुक्पा पारखी विराटनगर कंचनवारीकी स्मीता दाहाल समय मिलाएर, थुक्पा खानकै लागि कानेपोखरी जाने गरेको बताउँछिन् । रातो कलरको स्कुटीमा साथी स्वस्तीलाई लिदै अक्सर स्मीता कानेपोखरी जाने गरेको बताउँछिन् ।

स्मीताजस्तै विराटनगरकै हर्कमाया गुरुङ हस्पिटल चोकमा बस्छिन् । हर्कमाया पूर्वको कामको सिलासिलामा काकरभिट्टासम्मै पुग्छिन् । यिनको कपडाको होलसेल कारोवार छ । हुन त यिनी जोगबनी पनि कपडा लिन धाउँछिन् । तर, खाजामा तातात्तो थुक्पा भनेपछि यिनी हुरुक्कै हुन्छिन् । त्योपनि कानेपोखरीको जिब्रो रसाउँने थुक्पा ।

यहाँस्थित थुक्पा खानेको संख्या दिनहुँ बाक्लै हुने गरेको छ । कानेपोखरी चोकमा ५० जति होटल लगभग छन् । यहाँको होटलमा थुक्पाको साथमा, मम, चाउमिन, मासु चिउरा, खाना, लगायत अन्य खानाका धेरै परिकारहरु पाइन्छ ।

जाडोमा रम, दारु, को साथमा रमाउनेको आनन्द पनि हुन्छ नै, जोडी जोडी मिलेर सररर बाइकमा हुँइकिदै डेटिङ जाने अनि खाजामा थुक्पाको मज्जा लिने, अझै जुठो खाने र माया बढाउने, यो हो नी माया सँगसँगै रमाउने त्योपनि पूर्वको कानेपोखरीमा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]