२१ कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९

निरज बस्नेत
काठमाडाैं, माघ १
यति एयरलाइन्सको विमान आइतबार विहान ११ बजे पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको यतिको एटिआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो ।

सो विमान वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खोंचमा दुर्घटना भएको हो । ६८ यात्रुमध्ये ३ जना शिशु तथा बालबालिका समेत रहेका छन् ।

दुर्घटनाग्रस्त विमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक सवार रहेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ , अर्जेन्टिनाका १, अष्ट्रेलिया १ र फ्रान्सका १ जना नागरिक रहेका छन् । दुर्घटना स्थलबाट शव निकाल्ने कार्य जारी छ ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलाे विमान

दुर्घटनामा परेको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो विमान थियो । वरिष्ठ क्यापटेन कमल केसीलेनै पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]