१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

Logo

निरज बस्नेत
काठमाडाैं, माघ १
यति एयरलाइन्सको विमान आइतबार विहान ११ बजे पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको यतिको एटिआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो ।

सो विमान वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खोंचमा दुर्घटना भएको हो । ६८ यात्रुमध्ये ३ जना शिशु तथा बालबालिका समेत रहेका छन् ।

दुर्घटनाग्रस्त विमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक सवार रहेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ , अर्जेन्टिनाका १, अष्ट्रेलिया १ र फ्रान्सका १ जना नागरिक रहेका छन् । दुर्घटना स्थलबाट शव निकाल्ने कार्य जारी छ ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलाे विमान

दुर्घटनामा परेको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो विमान थियो । वरिष्ठ क्यापटेन कमल केसीलेनै पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]