२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

शुक्रबारबाट विराटनगरमा प्याब्सन स्पोर्टस मिट हुने

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

विराटनगर, माघ ४
माघ ६ गतेबाट विराटनगरको शहिद रङगशालाको खेलमैदानमा प्याब्सन स्पोर्टस मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो स्पोर्टस मिट सम्बन्धमा जानकारी गराएको हो ।

कोरोना कहरका कारण २ बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक पुनः संचालनमा ल्याउन लागिएको बताईएको छ ।
तीन दिनसम्म हुने मिटका खेल प्रतियोगिताहरुमा दुई सय २० वटा प्याब्सन सदस्य विद्यालयहरु मध्ये बाट ३ हजार जना भन्दा बढी खेलाडीहरु सहभागी हुने जिल्ला अक्ष्यक्ष सितला सुब्बाले जानकारी गराइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू खेलाईने बताईएको छ ।

स्पोर्टस मिटका खेलहरु एक लाखभन्दा बढी शिक्षक, विद्यार्थी, अभिभावक तथा खेल प्रेमीहरुले प्रत्यक्ष अवलोकन गर्ने समेत अनुमान गरिएको छ । स्पोर्टस मिटको उद्धघाटन प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीबाट गराउने तयारी छ । उक्त कार्यक्रम अयोजना गर्न कुल १५ लाख खर्च लाग्ने इस्टिमेट गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]