१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धरानकी शिवमायालाई परेको ब्रजपात बुझिदिने कसले…?

Logo

निरज बस्नेत
धरान, माघ ८
शिवरेखा राई, नामको अगाडी साक्षात् भगवान् पशुपतिनाथको नाम छ । नाम जस्तै यिनी पनि भगवान् नै हुन् । आमा जहिलेपनि देउता–देवी नै हुन्छिन् ।

धर्तीको जिउँदो देवी वास्तवमैं आमा नै हुन्छिन् । आमा, माता, जननी छिन् नै सर्वव्यापी अपरम्पार । आधा आकाश ढाक्ने, माया , दया, करुणाकी संगम आमा, आमा नै हुन् ।

जगत् जननी, मानव उत्पादनकी सृष्टिकर्ता सवथोक एउटी आमा हुन् । छोरी, बुहारी, दिदि–बहिनी, नन्द, भाउँजु अनेक रुपधारी एउटी महिलाको भूमिका अनेकथरी हुन्छन् ।

राष्ट्र निर्माणमा समेत महिलाको भूमिका अतुलनीय छ । वर्तमान राष्ट्रपति श्रीमती विधादेवी भण्डारी महिला हुन् । यसअघि प्रधानन्यायाधीसमा सुशिला कार्की, सभामुखमा ओनसरी घर्ती मगर, दुवै महिलाहरु प्रमुख पदहरुमा विराजमान भइसकेका सक्षम महिलाहरु हुन् ।

अव मूल विषयवस्तुतर्फ प्रवेश गरौं…विं सं. २०१६ साल भाद्र ८ गते शिवको जन्म यस धर्तीमा भएको थियो । सिधासाधी हिसाव गर्दा शिवरेखा अहिले ६३ बर्षको पूरा भइन् । झट्ट हेर्दा यिनलाई ७० कटेकी लाग्न सक्छ । विविध तनाव उत्तारचढावले हुनसक्छ, यिनिको वास्तविक उमेर भन्दा ६–७ वर्ष बढी नै जस्तो लाग्छ ।

वि. सं. २०७२ सालमा यिनको जीवनमा दैवले दुःख दियो । र, दैव पनि कति निष्ठुरी , सँगैको जेठो छोरालाई विलिन बनाईदियो । न त मरेको खवर आउँछ, न त कतै फेला नै पर्छ ।

जंगल जान्छु भनी सदाझैं हिडेको घरको जेठो छोरो आजसम्म घर आएको छैन । एउटी जन्मदिने आमाको लागि यो भन्दा पिडा अरु के पो हुन्छ । हराएको २०७२ सालको असोज महिनाको १४ गते थियो । छोरो हराएको पनि ८ वर्षभन्दा बढी समय भइसकेको छ ।

शिवरेखाले प्रहरी, प्रशासन, संचारमाध्यमहरु धेरैसँग हारगुहार मागिसकिन् । कहीकतैबाट पनि छोरो फेला पर्ने गरी मद्दत भएकोप्रति शिवरेखा भन् बढी दुःखी छिन् । हराएको छोराको जन्म वि.सं. २०३५ वैशाख २८ गते विहीवार भएको थियो । हराएको पनि विहीवारको दिनमा, यो कस्तो संजोग । ४४ बर्षको पूरा भइसकेको उमेर हो ।

कहाँ छ, कुन अवस्थामा छ, र यस्तै यस्तै चिन्ताले शिवरेखालाई गलाउँछ । आँखाभरी पिलपिल आँशुका बलिन्द्रा समुन्द्रझै बगिरहन्छन् । घरीघरी घूक्कघूक्क रुदै टोलाउँछिन्, छोरो आउँने आशमा, अझैपनि शिवले आश मारेकी छैनन् । र, त भन्छिन्, सास रहुन्जेल आश चाही रहन्छ ।

हराएको जेठाको नाम, केशव राई हो । यो जेठा सुस्त मनस्थितीको छ । अझभन्दा केही प्रतिक्रिया दिइहाल्न सक्दैन । त्यहीभर पनि आजसम्म नभेटीएको हुन सक्छ । यसले त शिवमायालाई झन् बढी पीडा दिएको छ । यो पीडा त छदै छ यसमाथि शिवमायालाई अर्को बज्रपात हाइलाग्यो ।

वि.सं. २०७५ सालमा शिवमायाले लाग्ने गुमाउँनुपर्यो । हे दैव तिमी कति धेरै कठोर पनि हुनसक्दो रहेछौं । यो कस्तो अग्निपरिक्षा शिवमायाको हकमा पीडा दिएर लिदैछौं ।

११ चैत्र २०७५ मा यिनका श्रीमान् वितेका हुन् । एकातिर जेठा छोरा हराएको अर्कोतर्फ श्रीमान्ले पनि संसार छोडे । यतिवेला शिवको साथमा दुई छोरा माइला र कान्छा छन् ।

माइलाको श्रीमती र एक छोरा छन् । यसैक्रममा माइला बुहारी त झन् अर्केसँग पोइला गइन्, त्योपनि नाती सँगै लिएर, अनि परेन त आपत् शिवमायालाई, अहिले शिवमाया आफूलाई रित्तो भएको महसुस गर्छिन् । कान्छा चाही कतार पुगी आएको पनि केही वर्ष भएको छ । कान्छा, माइला प्राइभेट सानोतिनो काम गर्दे छन् ।

यता शिवमाया सकेको यसो केही गर्देछिन् । यिनको परिवार क्रिश्चियन धर्म मान्छन् । शिवरेखालाई खुशी कतैबाट आएन । जताबाट पनि दुःखको चाङ आइपर्यो । तरपनि शिवले हरेश खाएकी छैनन् ।

जीवनको उत्तरार्धमा आउँदा समेत शिवको संघर्षबाट सवैले केही न केही म्यासेज लिनैपर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]