१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

पूर्वराजा ज्ञानेन्द्र शाह एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँबीच सामीप्यता बढ्दै

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

निरज बस्नेत
विर्तामोड, माघ ८
पूर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ यतिवेला नजिएका छन् । शाह र प्रसाइँको सामीप्यतालाई धेरैले अर्थपूर्ण तवरले टिप्पणी गर्न थालेका छन् ।

आखिर यी दुई बीच नजिकिने त्यस्तो के चल्दैछ । सवैको लागि यो जिज्ञासा बन्दैछ । पछिल्लो समयमा आएर शाह एवं प्रसाइँको घनिष्टतालाई कतिपयले अशुभ समेत भनी प्रतिक्रिया दिन समेत पछि परेका छैनन् ।

यससम्वन्धमा मेडिकल व्यवसायी प्रसाइँ सामान्य भनी पन्छिन खोज्छन् । मिडीयालाई प्रतिक्रिया दिदा प्रसाइँ पूर्वराजाको भेटलाई सामान्य भन्छन् । अहिले मिडीयाबाजीमा रमाउँने पात्रको रुपमा समेत कतिपयले प्रसाइँलाई अर्थ्याउँने गरेको पाइएको छ ।

विर्तामोडस्थित यिनको वि. एण्ड. सी. टिचिङ हस्पिटलमा कतै पुर्व राजाको त भित्री रुपमा लगानी छैन ? कतिपय यसो पनि भन्न थालेका छन् । यसमा सत्यता नभएको प्रसाइँको दावी रहँदै आएको छ ।

प्रसाइँको विएण्डसीमा कुनै समयमा प्रचण्डको समेत लगानी रहेको सर्वविदीतै रहँदै आएको विषय थियो ।

१ फागुनमा प्रसाइँको अगुवाइमा मेची पुलबाट नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने आन्दोलनको विशेष उद्घाटन कार्यक्रम रहेको छ । यसमा पूर्व राजा समेत आउँने प्रसाइँको विश्वास रहेको स्वयम् प्रसाइँले नै बताउँदै आएका छन् । यस सम्वन्धमा प्रसाइँले पूर्वराजालाई निम्तो समेत दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]