२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मंगलबारदेखि हिसान स्पोर्ट्स मिट

Logo

निरज बस्नेत
विराटनगर, माघ ८

हिसान मोरङले माघ १० गते देखि १६ गते सम्म हिसान स्पोर्ट्स मीट सन्चालन गर्ने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

हिसान स्पोर्टस मिट अन्तर्गत माघ १० गते बिराटनगर १९ स्थित वैद्यनाथपुर रंगशालामा क्रिकेट खेल आयोजना हुने भएको छ । त्यसै गरी माघ ९ गते फुटवल र माघ ११ गते भलिबल सहिद रंगशा लामा सुरु हुने भएको छ । फुटबल खेलमा धेरै प्रतिस्प्रर्धी रहेकाले एक दिन अघिबाटनै फुटवल आयाेजना गरिने हिसानका माेरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । टेबलटेनिस कवर्ड हलमा र बास्केटवल कोवास कलेजमा हुने समेत तय भएको बताईएकाे छ ।

यसबर्ष फुटबलमा २२ टिम सहभागी भएका छन जसमा विधा अनुसार खेलाडीहरुले बेस्ट स्कोरर , बेस्ट किपर र बेस्ट प्लेयरका साथै २१ वटा म्यान अफ द म्याचकाे उपाधी पाउनेछन् । त्यसै गरी १५ टिम सहभागी हुने भलिवल खेलमा बेस्ट स्पाइकर , रेजर र डिफेन्सरका साथै १४ वटा म्यान अफ द म्याचकाे उपाधी दिईने बताईएकाे छ ।यसरी नै क्रिकेट खेलमा पनि बेस्ट बलर , बेस्ट ब्याट्स्मेन र बेस्ट प्लेयरका साथै २१ वटा म्यान अफ द म्याच दिने तय भएको छ ।

प्रतियोगितामा हिसानमा आवद्ध विभिन्न २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।

हिसान मोरङले फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाई ट्र्फी र प्रमाण पत्र एबम खेलाडीलाई मेडल र प्रमाण पत्रले सम्मान गर्नेछ । साथै वास्केट बलमा प्रथमलाई , लामो र छोटो दुरीको दौडका साथै टेबल टेनिसमा प्रथम , दोस्रो तेस्रो साथै हुने महिला तथा पुरुष खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्रले समान गर्नेछ ।
फाइनल खेल र समापन कार्यक्रम माघ १६ गते सहिद दिवसको दिन सहिद रंगशालामा सम्पन्न गर्ने तय गरिएको छ। हिसान स्पोर्टस मीटको अनुमानित खर्च रु २५ लाख हुने प्रक्षेपण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]