२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा ‘नाे पार्किङ’ काे विराेध

Logo

दिनेश खड्का
विराटनगर, माघ ९

विराटनगरमा विना याेजना जताततै पार्किङ निषेध गरिएकाे भन्दै महानगरकाे कदम विरुद्ध विराेधका स्वरहरु गुञ्जन थालेका छन् । कुनै मुल याेजना नबनाई जथाभावी नियम मात्र लाद्न खाेजेकाेमा विराटनगर बजारक्षेत्रका स्थानीय तथा व्यापारी आक्रान्त बनेका हुन् ।

स्थानीय, यँहाका व्यापारी र सराेकारवालहरुसँग कुनैपनि साल्लाह नगरी जताततै पार्किङ निषेध गरिनुलाई स्थानीयहरुले अराजकताकाे संज्ञा दिएका छन्  । मुख्य बजार क्षेत्रमा कुनै याथाेचित विकल्प नदिई पार्किङ निषेध गरेसँगै व्यापार व्यवसायमा असर पुगेको भन्दै स्थानीय व्यवसायीहरु विराेधमा उत्रिएका छन्  । पार्किङ नभएकै कारण ग्राहक आउन छाेडेपछि व्यापारीहरु त्यहाँबाट पलायन हुने अवस्था आएकाेले स्थानीय घरधनीहरु समेत चिन्तित बनेका छन् ।

शुक्रबार हुनमानदास रोड तथा जलजला राेडका व्यवसायीहरूले  महानगरको कदमप्रति आपत्ति जनाउँदै प्रदर्शन समेत गरेका थिए। बजार क्षेत्रमा पहुँचयोग्य पार्किङस्थलको व्यवस्था नहुँदा यसले स्थानीय व्यापारमा ठुलाे असर पुर्‍याएकाे व्यसायीहरुकाे गुनासाे छ । उनीहरुले सडकको कुनै एक भागमा पार्किङ गर्न दिईनुपर्ने माग राख्दै महानगरलाई यथासिघ्र नियम सच्चयाउन चेतावनी समेत दिएका छन् । हनुमानदास रोड र रंगेली रोडलाई महानगरले बिहीबारबाट नो पार्किङ जोन बनाएको छ ।

यता महानगरले भने पार्किङकाे लागी स्थानहरु ताेकिसकेकाे बताएकाे छ । महानगरका अनुसार हुनमानदास रोड र रंगेली रोडका लागि कुल ४ स्थानमा निःशुल्क पार्किङको व्यवस्थापन मिलाइएको छ । पुरानो गुद्री भएको इ प्लट र बिजुली बजार अगाडिको ४ कठ्ठा जग्गालाई पार्किङ स्थल तोकिएको र ग्रीनक्रस हस्पिटल पछाडि र सञ्चेती चिया अगाडिको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको महानगरले बताएकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]