२० कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

१७ वर्षपछि विराटनगरमा कार र्‍याली

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

  1. विराटनगर, माघ  १०

विराटनगर राउण्ड टेवल नं. ५ ले  फागुन २६ गते  कार र्‍याली आयोजना गर्ने भएकाे छ । टेवलले यस पटककाे कार र्‍यालीकाे स‌ंयाजाेक विवेक मालपानीलाई ताेकेकाे छ । साे संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी र्‍यालीबारे जानकारी गराएकाे छ ।

आयाेजकका अनुसार र्‍यालीमा १ सय कारकाे सहभागीता रहने  छ ।  र्‍यालीमा “समय, गति र दुरी” काे आधारमा स्पर्धा समेत गराईने बताईएकाेछ । स्पिडमा लिमिट ताेकिएकाे हुनाले दुर्घटनाकाे संभावना एकदमै न्युनरहने र्‍यालीकाे सह संयाेजक हर्ष धनावतले जानकारी दिए । स्पर्धामा पहिलाे हुनेलाई पुरस्कार स्वरुप युराेप भ्रमण गराईने आयाेजकले जानकारी दिएकाे छ । दाेस्राे र तेस्राे हुनेलाई समेत आकर्षक पुरस्कार दिने आयाेजककाे तयारी छ ।

र्‍यालीले माेरङ, सुनसरी र झापाका विभिन्न पालिकाहरु परिक्रममा गर्नेछन् । फागुन २६ गते विराटनगरबाट दिउँसो १२ बजे निस्कने कार र्‍याली ६ देखि ७ घण्टाको यात्रा तय गरेर पुनः विराटनगर फर्किने छ ।

टेवल न‌ं ५ का अध्यक्ष ऋषव दाहलले र्‍यालीबाट उठेकाे रकमले माेरङका विभन्न सरकारी विद्यालयकाे स्तरउन्नती गरिने बताए ।  टेवलका प्रमुख सल्लाहकार तथा र्‍यालीका पुर्व संयाेजक रहेका उद्योगी राकेश सुरानाले र्‍यालीलाई सफल बनाउन आफ्नाे पुर्ण साथ सहयाेग रहने कार्यक्रममा प्रतिवद्धता व्यक्त गरे ।

टेवलका सदस्य अस्विनी बंसल, मयुर अग्रवाल, अतुल महेश्वरी, गाेविन्द अग्रवाल, गाेपाल ताेदी, राजन भगत, पंकज अग्रवाल, नवनित अग्रवाल, अमन शाह, पंकज दुगड, संदिप अग्रवाल, संजय काेईराला, रवि अग्रवाल, राेजर अग्रवाल, डा गाेविन्द झा, गाैरव राठी, नरेश लाेहिया, पियुष लुनिया र राेहित तापरियालाई र्‍याली व्यवस्थापनकाे लागी विभिन्न जिम्मेवारी दिईएकाे छ ।

आरटिएन राउण्ड टेवल नेपाल कार र्‍याली २०२३ नाम दिईएकाे साे ईभेन्ट यस अघि सन २००६मा आयाेजना भएकाे थियाे ।  राउण्ड टेवलका सदस्य विवेक मालपानीले कार र्‍यालीलाई पुन: संचालन गर्ने जमर्काे गरेपछि १७ वर्षपछि याे ईभेन्ट हुन लागेकाे हाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]