१० जेठ २०८३, आइतबार
24-05-2026 , Sun
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

विराटनगरकाे एक्सपाे स्थलमा अचानक हेलीकप्टर ल्याण्ड !

Logo

विराटनगर, माघ १२

विराटनगरको विराटनर्सिङ होमपछाडिको खेलमैदानमा माघ १९ गतेदेखि सिएनआई कोशी एक्सपो हुँदैछ । बुधवार सिएनआई प्रदेश १ का अध्यक्ष भिम घिमिरेसहितको टोली सोही एक्सपाे स्थलको निरिक्षण गर्दैथिए ।

दिउसो करिब साढे बाह्र बजे एक्सपाे स्थल निरिक्षण गर्ने क्रममा आकाशबाट एक हेलिकप्टर एक्कासी ल्याण्ड गर्यो । हेलीकप्टर ल्याण्ड भएपछि वरपर हेर्ने मान्छेको ताती लाग्यो । त्यहाँ उपस्थित मान्छेहरुले हेली एक्स्पोले मगाएको अनुमान काँढे ।

विराटनगरमा पछिल्लो समय हुँदै आएको एक्स्पोहरुमा हेली टुरका प्याकेजहरु आयोजकले राख्दै आएका छन् । सोही कारण टेस्टिङको लागी आयोजकले हेली बोलाएको हुन सक्ने धेरैको अनुमान थियो ।

बुझ्दै जाँदा वास्तविकता भने सोचेभन्दा धेरै फरक निक्लियो । हेलिकप्टर एक्स्पोको लागी नभएर नजिकैको विराट नर्सिङ अस्पतालबाट विरामी रिसिभ गर्नको लागी आएको रहेछ । दुहबीको एक चौधरी थरका विरामीलाई तत्काल काठमाडौंको अस्पतामा रिफर गरिएकाले उसैलाई लग्न हेलिकप्टर आएको थियाे ।

साेही हेली ल्याण्ड भएकै मैदानमा नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले कोशी एक्सपो २०२३  माघ १९ देखी २८ गतेसम्म आयोजना गर्दैछ । एक्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका ३ सय ५० भन्दा बढि अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा व्यापारीक स्टल रहने आयाेजकले बताएकाे छ।

नेपाल सरकार, प्रदेश सरकार, प्रदेश सरकारको कृषि उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड स्वीच सरकारको इन्स्योर प्ररियोजना, विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, रंगेली नगरपालिका र कटहरी गाउँपालिका एक्सपोको प्रर्वदक रहेका छन् । साे एक्सपाे संचालन गर्न ५ कराेडसम्म खर्च हुने आयेजककाे अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।