१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

विराटनगरकाे एक्सपाे स्थलमा अचानक हेलीकप्टर ल्याण्ड !

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

विराटनगर, माघ १२

विराटनगरको विराटनर्सिङ होमपछाडिको खेलमैदानमा माघ १९ गतेदेखि सिएनआई कोशी एक्सपो हुँदैछ । बुधवार सिएनआई प्रदेश १ का अध्यक्ष भिम घिमिरेसहितको टोली सोही एक्सपाे स्थलको निरिक्षण गर्दैथिए ।

दिउसो करिब साढे बाह्र बजे एक्सपाे स्थल निरिक्षण गर्ने क्रममा आकाशबाट एक हेलिकप्टर एक्कासी ल्याण्ड गर्यो । हेलीकप्टर ल्याण्ड भएपछि वरपर हेर्ने मान्छेको ताती लाग्यो । त्यहाँ उपस्थित मान्छेहरुले हेली एक्स्पोले मगाएको अनुमान काँढे ।

विराटनगरमा पछिल्लो समय हुँदै आएको एक्स्पोहरुमा हेली टुरका प्याकेजहरु आयोजकले राख्दै आएका छन् । सोही कारण टेस्टिङको लागी आयोजकले हेली बोलाएको हुन सक्ने धेरैको अनुमान थियो ।

बुझ्दै जाँदा वास्तविकता भने सोचेभन्दा धेरै फरक निक्लियो । हेलिकप्टर एक्स्पोको लागी नभएर नजिकैको विराट नर्सिङ अस्पतालबाट विरामी रिसिभ गर्नको लागी आएको रहेछ । दुहबीको एक चौधरी थरका विरामीलाई तत्काल काठमाडौंको अस्पतामा रिफर गरिएकाले उसैलाई लग्न हेलिकप्टर आएको थियाे ।

साेही हेली ल्याण्ड भएकै मैदानमा नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले कोशी एक्सपो २०२३  माघ १९ देखी २८ गतेसम्म आयोजना गर्दैछ । एक्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका ३ सय ५० भन्दा बढि अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा व्यापारीक स्टल रहने आयाेजकले बताएकाे छ।

नेपाल सरकार, प्रदेश सरकार, प्रदेश सरकारको कृषि उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड स्वीच सरकारको इन्स्योर प्ररियोजना, विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, रंगेली नगरपालिका र कटहरी गाउँपालिका एक्सपोको प्रर्वदक रहेका छन् । साे एक्सपाे संचालन गर्न ५ कराेडसम्म खर्च हुने आयेजककाे अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श […]

काठमाडौ १२ जेष्ठ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् ।