१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ऋणको प्रेसरले फेरी आत्महत्या (सुसाईड नोट सहित)

Logo

विराटनगर, माघ १२
ऋणको प्रेसर थेग्न नसकेर विराटनगरका व्यापारी मोहन न्यौपानेले बुधवार आत्महत्या गरेका छन् । बैंककाे चर्को ब्याजी ऋणकाे प्रेसरले अत्महत्या गर्न पुगेको उनले मर्नुअघि लेखेको सुसाईट नोटबाट खुलेको छ ।
उनले नोटमा सांग्रीला बैंकबाट १ करोड ४५ लाख लिएको जिकिर गरेका छन् । त्यसैगरी किस्ताबाट पनि केही लाख रुपैयाँ लिएको न्यौपानेले नोटमा उल्लेख गरेका छन् ।
५७ वर्षिय न्यौपानेले विराटनगर ३ पोखरीयास्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।
विराटनगरको शनि मन्दिर रोडमा न्यौपानेकाे शिखर इलेक्ट्रिक पसल छ । न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । न्यौपानेको श्रीमती, १/१ छोरा र छोरी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]