१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकारगरेसँगै अभिषेक गिरीको रिट पुग्यो सर्वोच्चमा

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

निरज बस्नेत
विराटनगर, माघ १२
उच्च अदालत विराटनगरले मोरङ कारागारमा रहेका चौकिदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै गिरीको रिट आजै सर्वोच्च अदालत काठमाडौंमा पुगेको छ ।

आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दे कैदी गिरीले उच्च अदालत विराटनगरमा गएको ३ माघमा रिट निवेदन दायर गरेका थिँए । न्यायाधीसद्दय रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालतले अन्तरिम आदेश दिन नमानेपछि गिरीको रिट अव सर्वोच्च अदालतमा पुगेको छ । गिरी रिहा हुन एक महिनाभन्दा पनि थोरै समय बाँकी रहेको अवस्था हो । यही फागुन ३ गते गिरी रिहा हुदैछन् ।

नियमविपरित कारागार सरुवा गर्ने निर्णय भएको हुदाँ गिरी उच्चमा गएको ३ माघमा रिट लिएर पुगेका थिए । उच्चबाट अन्तरिम आदेश आएन । तसर्थ अव यो मुद्दा सर्वोच्चमा पुगेको छ ।

गिरी २०७८ मंसीर ९ गते मोरङ कारागार आई चौकिदार बनेका थिँए । गिरीलाई अपहरण तथा शरीर बन्धक मुद्दा लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]