१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकारगरेसँगै अभिषेक गिरीको रिट पुग्यो सर्वोच्चमा

Logo

निरज बस्नेत
विराटनगर, माघ १२
उच्च अदालत विराटनगरले मोरङ कारागारमा रहेका चौकिदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै गिरीको रिट आजै सर्वोच्च अदालत काठमाडौंमा पुगेको छ ।

आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दे कैदी गिरीले उच्च अदालत विराटनगरमा गएको ३ माघमा रिट निवेदन दायर गरेका थिँए । न्यायाधीसद्दय रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालतले अन्तरिम आदेश दिन नमानेपछि गिरीको रिट अव सर्वोच्च अदालतमा पुगेको छ । गिरी रिहा हुन एक महिनाभन्दा पनि थोरै समय बाँकी रहेको अवस्था हो । यही फागुन ३ गते गिरी रिहा हुदैछन् ।

नियमविपरित कारागार सरुवा गर्ने निर्णय भएको हुदाँ गिरी उच्चमा गएको ३ माघमा रिट लिएर पुगेका थिए । उच्चबाट अन्तरिम आदेश आएन । तसर्थ अव यो मुद्दा सर्वोच्चमा पुगेको छ ।

गिरी २०७८ मंसीर ९ गते मोरङ कारागार आई चौकिदार बनेका थिँए । गिरीलाई अपहरण तथा शरीर बन्धक मुद्दा लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]