२१ जेठ २०८२, मंगलबार
03-06-2025 , Tue
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

मोरङ, माघ १६ 
मोरङको सुन्दरहरैचा नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आइतवार बेलुका सवा ७ बजे प्रदेश नम्वर १-०२-००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बुढीगँगा गाउँपालिका-७ मोरङका ३२ बर्षीय सुमित खवासलाई उपचारको लागि धरान घोपा अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी-२ का ३५ बर्षीय धिरेन राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं, १९ जेठ २०८२ । राजसंस्था तथा हिन्दुराज्यको माग राख्दै काठमान्डौं केन्द्रित आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक देखिएका छन् । आइतबार राजावादी समूहको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएपछि उनीहरु थप आक्रामक देखिएका हुन् । यसको विरोधमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका […]

काठमाडौं, १९ जेठ २०८२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुले भाडामा ल्याएका केही मान्छेहरु छाडा भएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु आइलागेको खण्डमा जाइलागेर ईटको जवाफ पत्त्थरले दिन आग्रह गरे । उनले राजावादीहरुको निसानामा माओवादी केन्द्र […]