२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सवैको रोजाइको एउटा प्रिय मान्छे , जसको नाम हो, चाँद बाबु ईराकी

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

निरज बस्नेत
विराटनगर, माघ १६

विराटनगर स्थायी घर भएका युवा समाजसेवी चाँद बाबु ईराकी सवैको रोजाइको प्रिय मान्छे हो भन्दा शतप्रतिशत सही भनेको हुन्छ । नाम जस्तै यिनको काममा पनि चमक झल्किन्छ ।

यिनै ईराकी भारतको हरियाणामा सम्पन्न अन्तराष्ट्रिय युवा विकास कन्क्लेभमा विराटनगरका उदयमान अतिथी वक्ताका रुपमा प्रतिनिधित्व गरी हालसालै नेपाल फर्किएका छन् ।

नेपालको शान विदेशी भूमिमा समेत चाँदको योग्यताको उच्च कदर भएको छ । कार्यक्रममा युवाहरुको क्षमता विकास , युवाहरुमा भातृत्वको भावनाको विकास गराउँनु, युवाद्दारा संचालित संस्थाहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

यता विराटनगरमा रहेर पनि चाँदको सोसल सेक्टरमा अतुलनीय योगदान रहेको छ । उक्त कार्यक्रममा अमेरिका, मलेसिया, भारत, र नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि ईराकी कतारमा सम्मानित भएर नै आएको सवैमा सर्वविदितै रहेको छ ।

कार्यक्रममा दिगो विकासका लक्ष्य प्राप्तिका लागि आगामी कार्यक्रमलाई अझ वृहत बनाउँदै राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय तहसम्म नेतृत्व क्षमताको विकास गर्दे युवाहरुको सहभागितामा बढोत्तरी गर्दे अघि बढ्नु रहेको थियो । थुप्रै संघसंसथामा आवद्दता रहेर ईराकीले आफ्नो ठाउँ, समाजको लागि बेग्लै किसिमको योगदान दिएका छन् ।

नेपालबाट प्रतिनिधित्व गरेका उदयमान युवा ईराकीलाई उक्त कार्यक्रममा उनले युवाका क्षेत्रमा गरेका कामहरु, दिएका निरन्तरता र युवाको विकासका लागि गरेको गतिविधि प्रति सम्मान व्यक्त गर्दे सम्मानित गरिएको थियो । यस्ता सम्मान त ईराकीले आजसम्म नेपाल लगायत विश्वका अन्य धेरै राष्ट्रमा पाइसकेका पनि छन् ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा ईराकीले युवामा आएको नैराश्यतालाई कम गर्न सवैमिली अघि बढ्नुपर्ने , डिप्रेसनको अवस्थामा रहेका युवाहरुलाई निकाल्नका लागि युवामुखी कार्यक्रम गर्दे अघि बढ्नुपर्ने बताएँ । सँगै परिवारले, शिक्षकले र समाजले युवाका समस्यालाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]