१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाजसेवामै मेरो सम्पूर्ण जीवन अर्पण गर्छु ः महेन्द्र बस्नेत(निर्मल)

Logo

निरज बस्नेत
विर्तामोड, माघ १७
विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् ।

विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै ठाउँमा निर्मलले समाजसेवामा प्रसंसनीय काम गरेको गतिलो उदाहरण उनी निकटका उनका सहपाठीहरुले बताएका छन् । विर्तामोडस्थित नेपाली कांग्रेस पार्टी कार्यालय पछाडीपट्टी शान्ति समूह नेपाल नामक एक संस्था छ । यस संस्थाले कुलतमा फसेका मानिसहरुलाई पुर्नजीवन दिने काम गर्दछ । यहाँ आएका प्रायःजसो मान्छेहरु ठीक भएर घर फर्किने गरेका छन् ।

विगत लामो समयदेखी यो क्षेत्रमा निर्मलले भिजेर काम गर्दे आइरहेका छन् । निर्मलले यसका अलावा एभरयोङ क्लिनिकका माध्यमबाट समेत धेरै मानिसहरुलाई राम्रो बनाउँने समेत काम गरेका थिँए । यहाँ मान्छेको बुढ्यौंलीसँगै आएको अनुहारको चाउरीपना हट्ने किसिमको काम हुने गर्दथ्यो । यसमा चाँही यिनी अहिले छैनन् । चिमरीया थरका एक युवालाई जिम्मा दिएका छन् ।

धेरै युवालाई काम गरीखाने सत्मार्ग देखाई एक काविल मान्छे बनाएको पनि यिनी आज स्मरण गर्छन् । बढ्दो उमेरको यिनलाई रत्तिभर पनि चिन्ता छैन । उमेरको प्रसंग झिक्दा यिनी मज्जाले हाँस्दै अभी तो मे जवान हुँ, हाँसीहाँसी भन्छन् । सकारात्मक सोचाई सधै राख्दा हरेक काममा सफलता मिल्ने बताउँने यिनी आफु सफल हुनुमा टेन्सन नलिने र जो कोहीसाग मित्रवत् व्यवहार हाँसेर गर्ने बताउँछन् ।

निर्मल एक सफल व्यवसायी समेत हुन् । विर्तामोडमा यिनको राम्रो  प्रोपर्टी छ ।  यिनलाई कसैलाई ढाँटेर कसैको फोकटको एक पैसा पनि खानु छैन । राजनीतिमा जानकार त छन् । यसमा दख्खल पनि राख्छन् । देश विदेशका हर खवर पत्तो पनि पाउँछन् । तरपनि राजनीति गर्ने रुचि चाँही छैन । देशको विग्रदो राजनीतिप्रति यिनलाई संझेर पनि दिक्क लाग्छ । अझैपनि केही विग्रीहालेको छैन । नेता सुध्रेमा यति राम्रो हाम्रो देशले पक्कै पनि सही दिशा एकदिन लिन्छ भन्नेमा निर्मल ढुक्क छन् । आज निर्मल धेरैको प्रेरणाको स्रोत हुनसकेका छन् । यो निर्मलभित्रको समाजसेवा हमेशा गरिराख्ने हुटहुटीकै प्रतिफल हो । बाचुन्जेल समाजकै लागि केही न केही प्रत्येक दिन गरेर नै मर्ने प्रण पनि गरेका छन् । निर्मलले समाजसेवा देखी बाहेक केही जानेको र नबुझेको बताउँछन् । यसमा निर्मलको परिवार समेतको सधैभरि यिनलाई साथ नै रह्यो । कारण यो बस्नेत परिवारका अन्य सदस्यमा समेत समाजसेवाकै जिन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]