०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाजसेवामै मेरो सम्पूर्ण जीवन अर्पण गर्छु ः महेन्द्र बस्नेत(निर्मल)

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

निरज बस्नेत
विर्तामोड, माघ १७
विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् ।

विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै ठाउँमा निर्मलले समाजसेवामा प्रसंसनीय काम गरेको गतिलो उदाहरण उनी निकटका उनका सहपाठीहरुले बताएका छन् । विर्तामोडस्थित नेपाली कांग्रेस पार्टी कार्यालय पछाडीपट्टी शान्ति समूह नेपाल नामक एक संस्था छ । यस संस्थाले कुलतमा फसेका मानिसहरुलाई पुर्नजीवन दिने काम गर्दछ । यहाँ आएका प्रायःजसो मान्छेहरु ठीक भएर घर फर्किने गरेका छन् ।

विगत लामो समयदेखी यो क्षेत्रमा निर्मलले भिजेर काम गर्दे आइरहेका छन् । निर्मलले यसका अलावा एभरयोङ क्लिनिकका माध्यमबाट समेत धेरै मानिसहरुलाई राम्रो बनाउँने समेत काम गरेका थिँए । यहाँ मान्छेको बुढ्यौंलीसँगै आएको अनुहारको चाउरीपना हट्ने किसिमको काम हुने गर्दथ्यो । यसमा चाँही यिनी अहिले छैनन् । चिमरीया थरका एक युवालाई जिम्मा दिएका छन् ।

धेरै युवालाई काम गरीखाने सत्मार्ग देखाई एक काविल मान्छे बनाएको पनि यिनी आज स्मरण गर्छन् । बढ्दो उमेरको यिनलाई रत्तिभर पनि चिन्ता छैन । उमेरको प्रसंग झिक्दा यिनी मज्जाले हाँस्दै अभी तो मे जवान हुँ, हाँसीहाँसी भन्छन् । सकारात्मक सोचाई सधै राख्दा हरेक काममा सफलता मिल्ने बताउँने यिनी आफु सफल हुनुमा टेन्सन नलिने र जो कोहीसाग मित्रवत् व्यवहार हाँसेर गर्ने बताउँछन् ।

निर्मल एक सफल व्यवसायी समेत हुन् । विर्तामोडमा यिनको राम्रो  प्रोपर्टी छ ।  यिनलाई कसैलाई ढाँटेर कसैको फोकटको एक पैसा पनि खानु छैन । राजनीतिमा जानकार त छन् । यसमा दख्खल पनि राख्छन् । देश विदेशका हर खवर पत्तो पनि पाउँछन् । तरपनि राजनीति गर्ने रुचि चाँही छैन । देशको विग्रदो राजनीतिप्रति यिनलाई संझेर पनि दिक्क लाग्छ । अझैपनि केही विग्रीहालेको छैन । नेता सुध्रेमा यति राम्रो हाम्रो देशले पक्कै पनि सही दिशा एकदिन लिन्छ भन्नेमा निर्मल ढुक्क छन् । आज निर्मल धेरैको प्रेरणाको स्रोत हुनसकेका छन् । यो निर्मलभित्रको समाजसेवा हमेशा गरिराख्ने हुटहुटीकै प्रतिफल हो । बाचुन्जेल समाजकै लागि केही न केही प्रत्येक दिन गरेर नै मर्ने प्रण पनि गरेका छन् । निर्मलले समाजसेवा देखी बाहेक केही जानेको र नबुझेको बताउँछन् । यसमा निर्मलको परिवार समेतको सधैभरि यिनलाई साथ नै रह्यो । कारण यो बस्नेत परिवारका अन्य सदस्यमा समेत समाजसेवाकै जिन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]