१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पूर्वमुख्यमन्त्री आचार्य र उद्योगमन्त्री सिटौलाद्वारा एक्स्पो अवलोकन

Logo

विराटनगर, माघ २१

प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य र प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पो २०७९ को अवलोकन गरेका छन् । एक्स्पोको दोस्रो दिन शुक्रबार उनीहरुले विभिन्न स्टलहरुको स्थलगत अवलोकन गरेका हुन् ।
स्टलहरुको अवलोकनपछि पूर्वमुख्यमन्त्री आचार्यले औधोगिक क्षेत्रको विकासका लागि एक्स्पोले उद्योगीहरुको मनोबल बृद्धि गर्ने बताए । उनले प्रदेश १ को आर्थिक विकासमा एक्स्पो महत्वपूर्ण अवसर बनेको बताए ।

त्यसैगरी प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री सिटौलाले पनि एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुको अवलोकन गरेका छन् । एक्स्पो अवलोकनपछि मन्त्री सिटौलाले प्रदेश १ को आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै प्रदेश सरकारले पनि सहकार्य गरिरहेको बताए ।
आर्थिक गतिविधिहरु भएको खण्डमा मात्रै बजारको विकास हुने र रोजगारीको अवसर सिर्जना हुने मन्त्री सिटौलाले बताए । उनले घरेलु तथा लद्यु उद्यमीहरुलाई पर्याप्त स्थान दिएर एक्स्पो आयोजना गरिएको पाइएको भन्दै सीएनआईसँग आगामी दिनमा पनि सहकार्यको वातावरण तयार भएको बताए ।

आर्थिक क्षेत्रलाई गतिशिलता दिनका लागि चुनौतिका वावजुद पनि एक्स्पोलाई अघि बढाएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनले स्टलहरुमा उत्साहपूर्ण रुपमा उद्योगी व्यवसायीहरुले सहभागीता जनाएको बताए ।
विराटनगर–२ शंकरपुर मार्गमा सुरु भएको ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]