२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति ब्याडमिन्टन

Logo

विराटनगर, फागुन १
विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदैछ ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता फागुन ७ गतेसम्म विराटनगरस्थित सहिद रंगशालाको कर्भड हलमा हुन लागेको छ । प्रतियोगिताको उद्घाटन मंगलबार दिउँसो १ बजे हुनेछ ।
यो प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलाडीको वरियता क्रम तय गर्ने बताउँदै, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ भने, ‘नेपालको सबैभन्दा उत्कृष्ट प्रतियोगिता हो । यसमा नेपालका विभिन्न उमेर समूहका साथै राष्ट्रिय खेलाडीहरुको सहभागिता रहन्छ । वरियता छुट्याउने गरी पहिलो पटक प्रतियोगिताको सुरुवात यहाँबाट भएको हो ।’
उनले यहाँबाट सुरु भएको प्रतियोगिताको संस्करणको १२ औं श्रृंखलासम्म आइपुग्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुँदै आएको छ । यस प्रतियोगितामा ३ सय बढी खेलाडीहरुको सहभागिता हुनेछ । अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको एकमात्र उत्कृष्ट प्रतियोगिता हो । यसमा नेपालका चर्चित खेलाडीदेखि जुनियरसम्मकाले सहभागिता जनाउने छन् । यो प्रतियोगिताले खेलाडी उत्पादन गर्न ठूलो मद्दत गरेको छ ।’

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ बरियतामा रहेका पुरुष एकल, शीर्ष १२ बरियतामा रहेका महिला एकल, शीर्ष १६ बरियता बाहेकका पुरुष एकल, शीर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी १० विधा रहेको छ ।

करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि ५ लाख ९८ हजार रहेको छ । जसअन्तर्गत शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ वरियता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै १ हजार ५ सय प्राप्त गर्ने छन् ।
यसैगरी लिग चरणमा प्रत्येक जित वापत थप १ हजार ५ सय प्राप्त गर्ने छन् । क्वाटरफाइनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्ने छन् । सेमिफाइनल जित्ने खेलाडीले थप १६ हजार जित्ने छन् भने फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उच्च वरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकलतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]