१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति ब्याडमिन्टन

Logo

विराटनगर, फागुन १
विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदैछ ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता फागुन ७ गतेसम्म विराटनगरस्थित सहिद रंगशालाको कर्भड हलमा हुन लागेको छ । प्रतियोगिताको उद्घाटन मंगलबार दिउँसो १ बजे हुनेछ ।
यो प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलाडीको वरियता क्रम तय गर्ने बताउँदै, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ भने, ‘नेपालको सबैभन्दा उत्कृष्ट प्रतियोगिता हो । यसमा नेपालका विभिन्न उमेर समूहका साथै राष्ट्रिय खेलाडीहरुको सहभागिता रहन्छ । वरियता छुट्याउने गरी पहिलो पटक प्रतियोगिताको सुरुवात यहाँबाट भएको हो ।’
उनले यहाँबाट सुरु भएको प्रतियोगिताको संस्करणको १२ औं श्रृंखलासम्म आइपुग्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुँदै आएको छ । यस प्रतियोगितामा ३ सय बढी खेलाडीहरुको सहभागिता हुनेछ । अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको एकमात्र उत्कृष्ट प्रतियोगिता हो । यसमा नेपालका चर्चित खेलाडीदेखि जुनियरसम्मकाले सहभागिता जनाउने छन् । यो प्रतियोगिताले खेलाडी उत्पादन गर्न ठूलो मद्दत गरेको छ ।’

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ बरियतामा रहेका पुरुष एकल, शीर्ष १२ बरियतामा रहेका महिला एकल, शीर्ष १६ बरियता बाहेकका पुरुष एकल, शीर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी १० विधा रहेको छ ।

करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि ५ लाख ९८ हजार रहेको छ । जसअन्तर्गत शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ वरियता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै १ हजार ५ सय प्राप्त गर्ने छन् ।
यसैगरी लिग चरणमा प्रत्येक जित वापत थप १ हजार ५ सय प्राप्त गर्ने छन् । क्वाटरफाइनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्ने छन् । सेमिफाइनल जित्ने खेलाडीले थप १६ हजार जित्ने छन् भने फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उच्च वरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकलतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]