२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

दुर्गा प्रसाइँ भन्छन् , म बैंकको ऋण तिर्दीन

Logo

निरज बस्नेत
विराटनगर, फागुन १९

जबसम्म बैंकले ब्याज ५ प्रतिशतसम्म झार्देन, तवसम्म म बैंकको ऋण तिर्दीन । यो गर्जन दुर्गा प्रसाइँको हो ।

यिनै प्रसाइँ बैंकलाई ज्यानमाराको संज्ञा दिन्छन् । पापीहरुको हूल नेपालका बैंकहरुमा रहेको बुझाई प्रसाइँको छ । उनको भनाइमा रु २० लाखसम्मको ऋण अव मिनाह हुनैपर्छ । यदि गरिदैन भने नेपालका बैंक स्वाहा पारिन्छ ।

बैंकप्रति प्रसाइँ निकै नै आक्रमक बन्दै गइरहेका छन् । मान्छे मार्ने नै नेपालका बैंकहरु नै भएको बताउँछन् । तिम्री छोरी देउ अनि म बैंकको किस्ता मिलाइदिन्छु यो भनाइ बैककै एक म्यानेजरले, बैंककै ऋणीलाई भनेको यसको फोन रेकर्ड आफूसँग भएको प्रसाइँको दावी छ ।

नेपालमा दैनिक बैंककै कारण २० वटासम्म लास विदेशबाट आउँने गरेको प्रसाइँको भनाइ रहेको छ । बैंककै ऋणको भारी तिर्न आँशुसरी विदेशिएका नेपालीहरु जति गर्दापनि , हाँड घोड्दा पनि बैंकको ऋण तिर्न नसक्ने भएपछि आत्महत्याको बाटो राजेको उनको दावी छ ।

यता आफ्नो शरीर जोगबनी गएर बेच अनि बैंकको ऋण तिर भनी विराटनगरकै एक बैंकका म्यानेजरले भनेको प्रसाइँ बताउँछन् । आज बैंककै ऋण तिर्न नसकेर श्रीमान्–श्रीमती पनि सँगै एउटै घरमा बसी नसक्नुको अवस्थामा पुर्याइसकेका छन् ।

देशको पूरै पैसा ५० देखी ६० जनाको हातमा रहेको प्रसाइँ बताउँछन् । केपी ओलीप्रति समेत प्रसाइँ निकै नै आक्रमक देखिए । ओलीलाई हमेशा प्रसाइँ मेरा हजुरवुवा भनी सम्वोधन गर्ने गर्दछन् । तिनै हजुरवुवाले आफुलाई एमालेबाट निष्काशन गरेको प्रति प्रसाइँले केही परक नपर्ने भनी भनेका छन् ।

अव नेपालका कुनैपनि पार्टीले जनताको माग सम्वोधन गर्न नसक्ने प्रसाइँको ठम्याई रहेको छ । प्रसाइँ भन्छन्, म कुनैपनि पार्टीको झोले होइन । जनताले पनि अव त्यस्ता पार्टीको झोला नबोके हुन्छ ।

प्रसाइँले २०४५ सालमा धरानमा आएको तत्कालीन भूकम्पको समेत प्रसंग उठाएँ । त्योवेला राजाले जनताको रु २० लाखसम्मको ऋण मिनाहा गरेको बताएँ ।

नेपालका ठूला भनिएका व्यापारीले ऋण नतिरी सेटिङ गरे । मैले पुषसम्मको सवै ऋण तिरीसकको छु, भन्दै प्रसाइँ भन्छन् , म यतिवेला आन्दोलनमा छु अव एक रुपैया पनि ऋण तिरदिन्न । ऋण मेरो मिनाहा गर्नुपर्देन । तर, ५ प्रतिशतसम्म ब्याज पार्नेपर्छ ।

ए बाबा हामीले गरिखान पाउनुपर्यो । गरिखान देउ न भन्या हो । कत्तिसारो हौ भन्दै बैंकप्रति प्रसाइँ पटक पटक कड्किएँ ।

नागरिकताको कुरा पनि प्रसाइँले खोतलेका छन् । भन्छन् , नेपालीले दाहोरो नागरिकता पाउनैपर्छ । दाहोरो नागरिकताको पक्षमा आफू रहेको प्रसाइँको धारणा छ ।

नेपालका ठूला भनिएका व्यापारीको काम नेपालमा धन कमाउने अनि विदेशमा लगेर सम्पति जति थुपार्ने, अव यो धन्दा चल्न नदिने प्रसाइँ बताउछन् । बैंकका सिइओले बर्षको १५ करोडसम्म खान अव रोकिनुपर्ने प्रसाइँ बताउँछन् । बैंकका टाई लाउने गुण्डाले जनतालाई ब्याजको नाममा टचर गरे अव बाँकी राखिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]