१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

दुर्गा प्रसाइँ भन्छन् , म बैंकको ऋण तिर्दीन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १९, २०७९

निरज बस्नेत
विराटनगर, फागुन १९

जबसम्म बैंकले ब्याज ५ प्रतिशतसम्म झार्देन, तवसम्म म बैंकको ऋण तिर्दीन । यो गर्जन दुर्गा प्रसाइँको हो ।

यिनै प्रसाइँ बैंकलाई ज्यानमाराको संज्ञा दिन्छन् । पापीहरुको हूल नेपालका बैंकहरुमा रहेको बुझाई प्रसाइँको छ । उनको भनाइमा रु २० लाखसम्मको ऋण अव मिनाह हुनैपर्छ । यदि गरिदैन भने नेपालका बैंक स्वाहा पारिन्छ ।

बैंकप्रति प्रसाइँ निकै नै आक्रमक बन्दै गइरहेका छन् । मान्छे मार्ने नै नेपालका बैंकहरु नै भएको बताउँछन् । तिम्री छोरी देउ अनि म बैंकको किस्ता मिलाइदिन्छु यो भनाइ बैककै एक म्यानेजरले, बैंककै ऋणीलाई भनेको यसको फोन रेकर्ड आफूसँग भएको प्रसाइँको दावी छ ।

नेपालमा दैनिक बैंककै कारण २० वटासम्म लास विदेशबाट आउँने गरेको प्रसाइँको भनाइ रहेको छ । बैंककै ऋणको भारी तिर्न आँशुसरी विदेशिएका नेपालीहरु जति गर्दापनि , हाँड घोड्दा पनि बैंकको ऋण तिर्न नसक्ने भएपछि आत्महत्याको बाटो राजेको उनको दावी छ ।

यता आफ्नो शरीर जोगबनी गएर बेच अनि बैंकको ऋण तिर भनी विराटनगरकै एक बैंकका म्यानेजरले भनेको प्रसाइँ बताउँछन् । आज बैंककै ऋण तिर्न नसकेर श्रीमान्–श्रीमती पनि सँगै एउटै घरमा बसी नसक्नुको अवस्थामा पुर्याइसकेका छन् ।

देशको पूरै पैसा ५० देखी ६० जनाको हातमा रहेको प्रसाइँ बताउँछन् । केपी ओलीप्रति समेत प्रसाइँ निकै नै आक्रमक देखिए । ओलीलाई हमेशा प्रसाइँ मेरा हजुरवुवा भनी सम्वोधन गर्ने गर्दछन् । तिनै हजुरवुवाले आफुलाई एमालेबाट निष्काशन गरेको प्रति प्रसाइँले केही परक नपर्ने भनी भनेका छन् ।

अव नेपालका कुनैपनि पार्टीले जनताको माग सम्वोधन गर्न नसक्ने प्रसाइँको ठम्याई रहेको छ । प्रसाइँ भन्छन्, म कुनैपनि पार्टीको झोले होइन । जनताले पनि अव त्यस्ता पार्टीको झोला नबोके हुन्छ ।

प्रसाइँले २०४५ सालमा धरानमा आएको तत्कालीन भूकम्पको समेत प्रसंग उठाएँ । त्योवेला राजाले जनताको रु २० लाखसम्मको ऋण मिनाहा गरेको बताएँ ।

नेपालका ठूला भनिएका व्यापारीले ऋण नतिरी सेटिङ गरे । मैले पुषसम्मको सवै ऋण तिरीसकको छु, भन्दै प्रसाइँ भन्छन् , म यतिवेला आन्दोलनमा छु अव एक रुपैया पनि ऋण तिरदिन्न । ऋण मेरो मिनाहा गर्नुपर्देन । तर, ५ प्रतिशतसम्म ब्याज पार्नेपर्छ ।

ए बाबा हामीले गरिखान पाउनुपर्यो । गरिखान देउ न भन्या हो । कत्तिसारो हौ भन्दै बैंकप्रति प्रसाइँ पटक पटक कड्किएँ ।

नागरिकताको कुरा पनि प्रसाइँले खोतलेका छन् । भन्छन् , नेपालीले दाहोरो नागरिकता पाउनैपर्छ । दाहोरो नागरिकताको पक्षमा आफू रहेको प्रसाइँको धारणा छ ।

नेपालका ठूला भनिएका व्यापारीको काम नेपालमा धन कमाउने अनि विदेशमा लगेर सम्पति जति थुपार्ने, अव यो धन्दा चल्न नदिने प्रसाइँ बताउछन् । बैंकका सिइओले बर्षको १५ करोडसम्म खान अव रोकिनुपर्ने प्रसाइँ बताउँछन् । बैंकका टाई लाउने गुण्डाले जनतालाई ब्याजको नाममा टचर गरे अव बाँकी राखिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]