१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

काेशी प्रहरीकाे इन्चार्ज एसएस्पी बस्तोलाद्धारा पदभार ग्रहण

Logo

बिराटनगर, चैत्र १५
म‌ंगलबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोला कार्यालयमा हाजिर हुनु भई निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट यस कार्यालयमा काज खटिनु भएका  प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले मंगलबार कार्यभार सम्हाल्नु  भएको हो ।
जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]