१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको पोखरीया विद्यालयमा अभिमुखिकरण तथा विदाई कार्यक्रम सम्पन्न

Logo

निरज बस्नेत
विराटनगर, चैत्र १६
विराटनगरको प्रतिष्ठित श्री पोखरीया माध्यमिक विद्यालयमा विहीवार अभिमुखिकरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा–१२ का ३६२ विद्यार्थीलाई स–सम्मान विदाई कार्यक्रम राखिएको कुरा उक्त विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले जानकारी गराएका छन् ।

विद्यालय प्रांगण पोखरीयामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ मोरङका टंकप्रसाद गौतम रहेका थिँए । गौतमले पोखरीया विद्यालय सामुदायिक विद्यालयतर्फ नै अव्वल रहेको र विराटनगरको शैक्षिक हवको रुपमा विकसित हुदै गएको प्रति खुशि व्यक्त गरे ।

अतिथिहरुमा, नोवेल अस्पताल विराटनगरका निर्देशक डा. राजेश नेपाल, पूर्वान्चल विश्वविद्यालयका पूर्व क्याम्पस प्रमुख तीर्थ सापकोटा, एनआईसी एसिया बैंक विराटनगरका शाखा प्रमुख अंकित रेग्मी लगायत रहेका थिँए ।

अतिथि नेपालले कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मेडिसिन विषय इच्छाशक्ति भए हरकोही विद्यार्थीले पढ्न सक्ने र डाक्टर समेत हुने बताए ।

अतिथि सापकोटाले मध्यम वर्गले पनि प्राविधिक शिक्षा पढ्न चाँहदा इन्जिनियर विषय ठिक हुने धारणा राखे ।

त्यस्तैगरी अतिथिमध्येका अर्का रेग्मीले सवैभन्दा राम्रो विषय व्यवस्थापन भएको भन्दै व्यवस्थापनले मात्र हरेक संघसंस्था मध्यम वर्गको लागि उत्तम हुने बताए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद गौतमले गरेका थिँए ।

विद्यार्थीका तर्फबाट कक्षा–११ की छात्रा पूर्णिमा साहले आफ्नो भनाई राखिन् । उक्त भनाईमा साहले भविष्यमा योग्य नागरिक भई देशकै लागि केही गर्ने बताइन् ।

स्वागत् भाषण विद्यालयका प्रिन्सिपल खेमराज भट्टराइले गरेका थिँए । प्रिन्सिपल भट्टराई वि.सं. २०६९ सालदेखी प्रिन्सिपलको रुपमा कार्यरत छन् । वि.स. २०५३ देखी पोखरीया विद्यालयमा कार्य प्रारम्भ भट्टाराईले गरेका हुन् । वि.स. २०७० सालदेखी अंग्रेजी माध्यमबाट पढाई शुरु हुन थालेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]