०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चैत २० सुनसरीमा पुर्वराजाकाे नागरिक अभिनन्दन

Logo

मोरङ ,  चैत २०

पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । चैत २० गते सोमबार राजालाई सुनसरीको इनरुवामा भव्य तयारीका साथ अभिनन्दन गरिदै छ ।

शाहले कार्यक्रममा सहभागी हुने बचन दिए पछि पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट  कार्यक्रम तय गरिएको नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालले जानकारी दिए ।

पूर्व क्षेत्रमा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा नागरिक समाजबाट उठे संगै स्वस्फुर्तरुपमा कार्यक्रम हुन लागेको हो । अहिले पूर्वराजा शाह झापामा छन् । उनी प्राय पूर्व आउदा झापामा रहने र सुभेच्छुकहरु संग भेटघाट गर्ने गर्दछन् ।

इनरुवाको खेल मैदानमा हुने कार्यक्रममा झण्डै ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाई छ । जनचाहना बमोजिम कार्यक्रम तय भएकाले भव्य र सफल रहने दाहालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]