२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पूर्व राजालाई नागरिक अभिनन्दन

Logo

निरज बस्नेत
इनरुवा, सुनसरी, चैत्र २१
लोभ , लालच देखाएर मुलुकको विकास कदापि हुदैन भन्ने जोडदार सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनतामाझ गहिरो सन्देश छोड्दै नेपालका नेताहरुलाई खवरदारी गराएका छन् ।
सुनसरीको इनरुवामा विशाल जनसहभागिताका बीचमा पुर्व राजालाई सोमवार नागरिक अभिनन्दन गरिएको छ । यसक्रममा आफ्नो ओजनपूर्ण धारणा जनतामाझ राख्ने क्रममा उनले देशको विग्रको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे ।
आम जनतामा सरकारप्रति बढेको वितृष्णालाई नजरअन्दाज गर्न नसकिने औंल्याउँदै आफूले यसलाई सूष्म विश्लेषण गरिरहेको बताएका छन् । पछिल्ला घटनाक्रमका बारेमा आफू जानकार रहेको उनको सम्वोधनले बताएको पाइयो ।
राष्ट्र र राष्ट्रियताप्रतिको जनताको चासो तथा चिन्ता सर्वत्र फैलिएर जाओस्, यो चिन्ता पनि उनमा रहेको उनले अभिव्यक्त गरेको सम्वोधनको सारले बताएकै थियो । आफ्ना समर्थकहरुको ठूलो संख्यामा उपस्थितीका बीचमा पूर्व राजाले इनरुवामा सवैको मन छुने अभिव्यक्ति दिएँ ।
जम्मा ६ मिनेटको समय वक्तव्यमा खर्चिएका भएतापनि ,उनले स्थिरता र स्थायित्व, सही राज्यको, सही राज्य पद्दती, शान्ति र अनुशासन विना सम्भव नहुने बताएँ । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भैरहेको बताएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]