२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगर बजार अस्तव्यस्त

Logo
प्रकाशित शनिबार, चैत्र २५, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र २५
विराटनगर महानगरपालिकाले विराटनगरभरी पार्किङ निषेधको निर्णय केही समय अगाडी गर्यो । निर्णय त गर्यो तर सरोकारवालासँग छलफल नै नगरी गर्यो । हचुवाको भरमा निर्णय त महानगरले गर्यो । अन्ततः यो निर्णय जसरी आयो त्यसरी नै फिर्ता पनि भयो ।

महानगरका मेयरले एक्कासी निर्णय लिनुलाई धेरैले निको मानेनन् । यो निर्णयप्रति विराटनगरका व्यापारीहरु आक्रोशित हुनपुगे । फलतः पार्किङ निषेधको निर्णय फिर्ता भयो ।

यता विराटनगरका व्यापारीको दावी यो पनि भयो की पार्किङ निषेधको निर्णयले विराटनगरको बजारको व्यापार डुवायो । यथार्थमा यो गलत नै हो । यस्तै यस्तै प्रतिकृया विराटनगरवासी अधिकांशको छ ।

विराटनगरमा सामान तथा वस्तुको मूल्य मनलाग्दी छ । यही सव विराटनगरवासीलाई पटक्कै मन परेको छैन । हिजोको दिनमा या भनौ बेलाबेलामा जोगबनीको कारण समेत यहाँको व्यापार धरासयी भयो यो भनाई पनि विराटनगरका धेरै व्यापारीहरुको रहने गरेको पाइदै आएको छ । तर, जोगबनीको व्यापारमा कडिकडाउ भएको पनि धेरै नै समय भइसकेको छ । खै त विराटनगरको व्यापार चम्केन त ?

यसमा मूलतः व्यापार गर्नेले सामान तथा वस्तुको मूल्यमा एकरुपता अनि जायज राख्नु नै हितकार हुनेछ । नत्र त अहिलेको जस्तै विराटनगरको व्यापार अस्तव्यस्त नै रहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]