२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

जनहितकाे काम गर्न आदेश नपर्खनु : काेशी प्रहरी प्रमुख बास्तोला

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

सुनसरी, चैत्र २६  
संगठन तथा जनताको हितमा हुने काम गर्नलाई कुनै आदेश पर्खिरहनु  नपर्ने निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भएको छ । आज जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो ।

निर्देशनकै क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ(आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिनु भएको छ ।

यसका साथै वाहाँले कुनै लोभ लालचमा नपरी निस्वार्थ भावनामा जनताको सेवा गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन हुनका साथै  प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । निरिक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुराम ढकालले सुनसरी जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]