०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

प्रबल जनसेवाश्री पदकबाट विराटनगरका भट्टराई र घिमिरे विभुषित

Logo

निरज बस्नेत
विराटनगर, वैशाख ३

विराटनगरका दुई दिग्गज व्यक्तित्व प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् । विभुषित हुनेमा उद्याेगी भिम घिमिरे र प्र.अ. खेम भट्टराई रहेका छन् । घिमिरे उद्याेगीकाे साथै एक चिरपरिचित समाजसेवी पनि हुन् । उनी उद्याेग परिस‌ंघ नेपाल, काेशी प्रदेशका बाहलवाला अध्यक्ष समेत हुन् । त्यसै गरी अर्का व्यक्तित्व भट्टराई विराटनगरकाे श्री पोखरीया माविका प्र.अ. हुन् ।

दुवै जनालाई नयाँ वर्षकाे अवसर पारेर वैशाख १ गते राष्ट्रपति भवन, काठमाडाैंमा राष्ट्रपति रामचन्द्र पाैडेलले पदक सहित विभुषित गरेका हुन् । घिमिरे सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका हुन् भने प्र.अ. भट्टराई प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका हुन्  ।

उद्याेगी एवं समाजसेवी घिमिरे कयाैं राष्ट्रिय तथा अन्तराष्ट्रिय समाजिक संघसस्थामा दशकाै‌ंदेखि आवद्ध रहि मानव सेवामा समर्पित छन् । उनी लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ नेपाल का पूर्व गभर्नर एव‌ं टंकी जेसिजका सन्स्थापक अध्यक्ष समेत हुन् ।

त्यसैगरी प्र.अ. भट्टराईले सामुदायिक विद्यालयकाे गुणस्तर वृद्धिमा ठुलाे याेगदान पुर्याएका छन् । उनले नै पहिलाे पल्ट विराटनगरमा सरकारी विद्यालयमा अग्रेजी माध्यमकाे पठनपाठन शरुवात गरी सामुदायिक विद्यालयप्रति हेर्ने समाजकाे दृष्टीकाेण परिपवर्तन गरेका थिए । हाल उनी प्र.अ. रहेकाे श्री पोखरीया माविमा ३३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत्त छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]