२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा सुर्तीजन्य पदार्थको कालोबजारी बढ्याे

Logo

निरज बस्नेत
विराटनगर, वैशाख ६

विराटनगरमा सुर्तीजन्य पदार्थको कालोबजारी शुरु भएको छ । विराटनगर महानगरपालिकाले वैशाख १ गते देखि लागु हुने गरी नगरक्षेत्रको सार्वजनिकस्थानमा सुर्तीजन्य पदार्थ खरिद तथा बिक्रिमा बन्देज लगाएपछि व्यापारीहरुले लुकाईछिपाई कारोबार गर्न थालेका छन् ।

अहिले सार्वजनिक स्थानमा २० प्रतिशतभन्दा माथि मुल्यवृद्धि गरेर व्यापारीहरु सुर्तिजन्य पदार्थ बेचबिखन गरिरहेको पाईएको छ । सामान्यता ४५ रुपैयाँ पर्ने रजनिगन्धा र तुलसी सेट अहिले ६० रुपैयाँ पुगेको छ । भोला गुड्खा ६ रुपैयाँबाट १० रुपैयाँ भएको छ ।

त्यसै गरी मडुवा खैनी पनि प्रति प्याकेटमा ५० प्रतिशतले मुल्य बढाएर बेचबिखन गरिरहेको छन् । चुरोट सूर्य २०, शेखर १५ रहेको मा प्रति खिल्लीमा १०/१० रुपैयाँ बढाईएको छ ।

रिक्स भएकाले समानको मुल्य बढाएर बेच्न बाध्य भएको व्यापारी बताउछन् । परिचय नखोल्ने शर्तमा एक व्यापारीले भने ”जनताको डिमाण्ड छ, बेच्नै पर्यो । तर प्रशासनले पक्रने रिक्स भएकाले मुल्य बढाएर बेच्नु परको हो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]