२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (17 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 188600
Silver 1 Tola Nrs. 1980

विराटनगरमा सुर्तीजन्य पदार्थको कालोबजारी बढ्याे

Logo
प्रकाशित बुधबार, बैशाख ०६, २०८०

निरज बस्नेत
विराटनगर, वैशाख ६

विराटनगरमा सुर्तीजन्य पदार्थको कालोबजारी शुरु भएको छ । विराटनगर महानगरपालिकाले वैशाख १ गते देखि लागु हुने गरी नगरक्षेत्रको सार्वजनिकस्थानमा सुर्तीजन्य पदार्थ खरिद तथा बिक्रिमा बन्देज लगाएपछि व्यापारीहरुले लुकाईछिपाई कारोबार गर्न थालेका छन् ।

अहिले सार्वजनिक स्थानमा २० प्रतिशतभन्दा माथि मुल्यवृद्धि गरेर व्यापारीहरु सुर्तिजन्य पदार्थ बेचबिखन गरिरहेको पाईएको छ । सामान्यता ४५ रुपैयाँ पर्ने रजनिगन्धा र तुलसी सेट अहिले ६० रुपैयाँ पुगेको छ । भोला गुड्खा ६ रुपैयाँबाट १० रुपैयाँ भएको छ ।

त्यसै गरी मडुवा खैनी पनि प्रति प्याकेटमा ५० प्रतिशतले मुल्य बढाएर बेचबिखन गरिरहेको छन् । चुरोट सूर्य २०, शेखर १५ रहेको मा प्रति खिल्लीमा १०/१० रुपैयाँ बढाईएको छ ।

रिक्स भएकाले समानको मुल्य बढाएर बेच्न बाध्य भएको व्यापारी बताउछन् । परिचय नखोल्ने शर्तमा एक व्यापारीले भने ”जनताको डिमाण्ड छ, बेच्नै पर्यो । तर प्रशासनले पक्रने रिक्स भएकाले मुल्य बढाएर बेच्नु परको हो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]