१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Logo

विराटनगर, बैशाख ८ 

इलाका प्रहरी कार्यालय किमाथाङ्का संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक जनक बहादुर धानुक र अस्थायी प्रहरी चौकी दिङबोचे, सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार लुलिन्द्र कुमार तिमल्सिना चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषित भएका छन् ।

विभागीय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रहरी सहायक निरीक्षक धानुकले संखुवासभाको भोटखोला(१ किमाथाङ्का स्थित निषेधित क्षेत्रमा दुई जना चिनिया नागरिक प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको र प्रहरी हवल्दार तिमल्सिनाले हिमपातमा हराई बेपत्ता भएका जापानिज नागरिकको खोजतालासको क्रममा ५ हजार १ सय मिटर उचाईमा रहेको पासाङल्हामु(४ खुम्बिलापास स्थितमा मृत अवस्थामा फेला पारी उद्वार गरी जोखिमपुर्ण उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]