१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

कालो झण्डा देखाउँने ९ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १५, २०८०

इलाम, वैशाख १५

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँने नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको हो ।

बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई चोक बजारमा कालोझन्डा देखाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । युवा संघका कार्यकर्ता र कोशी नाम खारेज माग गर्ने प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेको हो । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशका ८२ सांसदले कोशी नामको पक्षमा मतदान गरेका छन् । नामकरण पश्चात यसको स्वागत र विरोध दुवै हुदै आएको छ । पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । तर, आन्दोलन अराजक बन्दै जाँदा यसको आलोचना पनि बढ्न थालेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]