१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

राजाको वारेमा जथाभावी नवोल्न ओली र प्रचण्डलाई चेतावनी

राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली र प्रचण्डलाई औडाहा भएको आरोप
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, बैशाख २१, २०८०

नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहाल

विराटनगर,बैशाख २१
नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न केपी ओली र प्रचण्डलाई चेतावनी दिएका छन् । बुधबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली र प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै रहेकाे र यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको भनाई थियो ।

केही दिन अगाडि ओली र प्रचण्डले राजाप्रति लंक्षित गर्दै गरेको भनाइ खण्डन गर्दै दाहालले डेढ दर्जन भन्दा वढि राष्ट्रमा राजतन्त्र छ ती देशका जनता महामुर्ख हुन् भनी प्रतिप्रश्न गरेका थिए। बरू ती राजा भएका देशहरु हेर्न लायक समृद्ध मुलुक भएका छन् । नेपाल निर्माण र शाहबंशका राजाहरुले गरेको इतिहास भुल्ने छुट कसैलाई नभएको भन्दै अहिलेका नेताहरुले आफना पुर्खामाथी गद्दारी गरिरहेको आरोप लगाए ।

दल र राजावीच भएको सहमति कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजान पनि उनले आग्रह गरे । देशप्रेमी र राष्ट्रवादीहरु एकठाउमा उभिएर हिड्ने समय आएको भन्दै दलका नेताहरुलाई नयाँ शिरावाट हिड्न र मार्ग प्रशस्त गर्न आग्रह गरे । जनताको नासो, जनतालाई फिर्ता गरेको र त्यसलाई पनि आत्मसाथ गर्दै अगाडि बढ्न सके देशमा शान्ति हुने बताए । दाहाल पूर्व क्षेत्रमा राजनैतिक विश्लेषक र राजावादी विद्वत नेता मानिन्छन् । उनले पटक(पटक दल र राजा मिलेर देशको समुन्नतीमा लाग्नुपर्नेमा जोड दिदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे। बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका […]

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्। म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का […]

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]